आहा सञ्चार
रुकुम
एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको जनसम्बन्ध तथा संगठन सुदृढिकरण अभियान रुकुममा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा अन्तिम प्रशिक्षण कार्यक्रमको आयोजना गरि शुक्रबार अभियान समापन गरिएको हो । खलंगा स्थित बालमन्दिर हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले जिल्लामा सञ्चालन गरिएको अभियानबाट आफु उत्साहित भएको बताए । गाउँ गाउँका नेता कार्यकर्ता आफ्नो पार्टीप्रति निकै आशाबादी भएको भन्दै नेता पराजुलीले यसले समग्र पार्टी पङतीलाई थप उर्जा मिलेको उल्लेख गरे । गाउँ गाउँका विरोधी शक्तिहरु राजनीतिक रुपले परास्त भएपछि अनेक प्रपञ्चमा लागेको गाउँ घुम्ने क्रममा आफुले भेटाएको बताए । “राजनीतिक रुपमा हारेका विरोधीहरु पुजा पाठ र धामी झाँक्रीतिर लागेका रहेछन्” नेता पराजुलीले भने, “यो नै जनताको विजयको सुरुवात हो ।” विघटित संविधान सभाबाट नयाँ संविधान दिन नसकेपनि आफ्नो पार्टीले पछि पारिएका जाती, लिङ्ग, बर्गको हितमा ठुलठुला काम गरेका बताउँदै नेता पराजुलीले संघियता, धर्म निरपेक्षता, समानुपातीकता, समावेशिता जनयुद्धकै उपज भएको दाबी गरे । “सिमित व्यक्तिको निम्ति केही नगरेजस्तो लागे पनि पार्टीले सामुहिकतामा पार्टीले महत्वपुर्ण काम गरेको छ” नेता पराजुलीले भने । रुकुमेलीहरु इतिहाँसका निर्माता भएको भन्दै त्यसमा सवैले गर्व गर्नुपर्ने उनको भनाई रहेको थियो । पीडा र आँशुले इतिहास लेख्न सक्ने रुकुमेलीहरु अहिल्यै निरास नभएको आभाष आफुले गरेको भनाई पनि नेता पराजुलीले राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य अमर तमुले जनविरोधी शक्तिकै कारण यस अघिको संविधान सभाबाट संविधान नबनेको बताए । जनताका केही मुद्धा छाडेरै भएपनि आफुहरु संविधान निर्माण लागेको भएपनि परिवर्तण नचाहनेहरुकै कारणले संविधान बनाउन नसकिएको भनाइ उनका भनाई थियो । यस अघिको संविधान सभा जारी नहुुनुको कारण आफुहरु अल्पमतमा रहेको बताउँदै उनले आगामि संविधान सभामा आफ्नो पार्टीलाई दुई तिहाई बहुमतको आवस्यक्तामा जोड दिए । जनसंम्बन्ध अभियानको क्रममा आफुहरु देशैभर परिचालन भएको भएको र यस अवसरमा पार्टीमा छुट्टै सञ्चारको महशुस भएको भनाइ उनको भनाई थियो । एक महिना सम्म चलेको अभियानले जनता र पार्टीविच नयाँ सम्बन्ध स्थापीत भएको र संगठनहरु चुस्त भएको समेत जानकारी नेता तमुले दिए । अभियानको क्रममा देखिएको जनताको उत्साहबाट आफ्नो पार्टी दुई तिहाइ बहुमत ल्याउनतर्फ उन्मुख रहेको ठोकुवा पनि तमुले गरेका थिए । कार्यक्रममा नेकपा एमाले परित्याग गरि देवीलाल खड्काले एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको बताईएको छ । एमाले खलंगाका पुर्व गाउँ कमिटि उपाध्यक्ष खड्कालाई केन्द्रीय नेताहरुले स्वागत गरेका हुन । जिल्ला सम्मेलन आयोजक समिति सदस्य नरबहादुर खड्काले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता खलंगा गाउँ समिति अध्यक्ष लोकबहादुर ददेलले गरेका थिए ।

0 comments:
Post a Comment