
रुकुमका स्थानिय विकास अधिकारी भरतकुमार शर्मा राष्ट्रिय स्थानिय विकास अवार्ड २०७० बाट सम्मानीत भएका छन । स्थानीय स्तरको आबश्यकता, जनताहरुसंगको सहकार्य, साधनस्रोतको परिचालन र बिकास निमार्ण कार्यमा हातेमालो गरी जिल्लाको चौतर्र्फी विकासमा पु¥याएको योगदानको कदर गर्दै शर्मा सम्मानीत भएका हुन । स्थानीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत उत्कृष्ट कार्यसम्पादन गर्ने देशभरका १० जिल्लाका स्थानिय विकास अधिकारीहरुलाई प्रदान गरिएको अवार्डबाट शर्मा पुरस्कृत भएका हुन । टिभि टुडे नेटर्वक प्रालिले प्रदान गरेको उक्त अवार्डका लागी रुकुम सहित बाग्लुङ, कैलाली, बाँके, धादिङ, रोल्पा, कपिलबस्तु, भत्तपुर र बझाङका स्थानिय विकास अधिकारीहरु समेत छनौट भएका छन् ।
0 comments:
Post a Comment