आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, August 15, 2013

अंग्रेजी आएन भने,यता हेर्नुस्


इन्टरनेट, विश्वलाई एकै ठाउँमा ल्याएको यो प्राविधिक कम्प्युटरको जालोले हामी सबैलाई एकै ठाउँ बनाएको छ। सूचना देखी मनोरञ्जनका सबै सामग्री एकै ठाउँ सजिलै र सित्तैं पाइने भएको छ। त्यसो त सामाजिक र सार्वजनिक अर्न्तक्रिया पनि इन्टरनेट मार्फत नै हुन थालेका छन्। त्यसैले त सामाजिक सञ्जाल फेसबुक र माइक्रो ब्लग साइट ट्वीटर विश्वका धेरै हेरिने वेबसाइटका रुपमा दरिएका छन्।
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
अंग्रेजी नेपाली शब्दकोष01  English learning Online English Nepali Dictionary Online Free Dictionary Online
अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि यहाँ क्लिक गर्नुहोस्।
साभार-दुरसंचार डटकम

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |