आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 14, 2013

बिदेश जान खर्च गर्ने रुपैयाँ स्वदेशमै लगानी गरौ

सम्पादकीय । बर्ष 1 अंक 13 । १२ अगष्ट अर्थात साउन २८ गते बिश्वभर अन्तराष्ट्रिय युवा दिबस बिभिन्न कार्यक्रमको कायोजना गरि मनाईएको छ । रुकुममा पनि युवा समन्वय समिति र सरोकार राख्ने बिभिन्न निकाय तथा संघसंस्थाहरुले सहकार्य गरेर मनाएका छन । रुकुममा मात्र नभएर देशभर बर्षेनी दिबसको अबसरमा यस्तै प्रकृतिका बिभिन्न कार्यक्रहरु मनाईदै आईएको छ । अन्तरक्रिया, ¥याली यी र यस्तै कार्यक्रमहरु गरेर हाम्रो जिल्लामा पनि पछिल्लो समयमा मनाईदै आईएको छ । युवा देशका शक्ति हुन । युवा बिना कुनै पनि नयाँ तथा नौलो कामको कल्पना पनि गरिदैन । उमेर समुह अन्तरगत पर्ने सडकमा ढुङगामाटो उठाउने देखि गाउँमा आफ्नै पसिना बगाएर गरिखाने पनि युवाकै परिभाषामा पर्दछन । दिवसको अबसरमा जे जस्ता औपचारिक कार्यक्रमहरु आयोजना गरिने भएको भएपनि युवा बेरोजगारीका नाममा बिदेश पलाएन हुने क्रम भने रोकिन सकेको छैन । हाम्रो देशका अन्य जिल्लाहरु मात्र नभएर रुकुममा पनि युवा बिदेशिनेमा कम छैन । लाखौ रकम खर्च गरेर बिदेशीने युवाहरुले त्यो बिदेश जानका लागि लगानी गर्ने लाखौ रकम स्वदेशमै लगानी गर्न मेसो पाईरहेका छैनन । युवाका लागि राज्यले पनि स्पष्ट निति तथा कार्यक्रमहरु कार्यन्ययन गर्न सहिरहेको त छैन तर पनि हामी युवाहरुले पनि युवा जनशक्ति देशका लागि उपयोगी बन्न सकिराखेका छैनौं । रुकुममा एक महिनाको अबधीको हजारौको संख्याका बिभिन्न देशहरुमा कामको शिलसिलामा बिदेशीराखेका छन । भने केहि गाउँमै   रहेका युवाहरु पनि उत्पादनशिल कार्यमा लागिरहेका छैनन् । केहि राजनैतिक झुण्ड तथा क्रियाकलापमा सामेल भैराखेका छन भने केहि अन्य अनैतिक कार्यमा समेत । युवा बिचार बिहिन त हुदैनन् र हुनुपनि हुदैन । राजनैतिक देखि आर्थिक, सामाजिक रुपान्तरमा युवा शक्तिको महत्वपुर्ण भुमिका रहेको हुन्छ तर यसो हुन्छ भन्दैमा पुरै युवा शक्ति राजनैतिक झडप र आन्दोनमा मात्र बिताउने राम्रो कुरा होईन । त्यसैले हामी युवाहरु भनेको देशको गहना भएका कारण पनि युवा   बेरोजगारी अन्त्यका लागी राज्यलाई दबाब दिऔै, बिदेशमा काम गर्न खर्च गर्ने लाखौ रकम स्वादेशमै केहि उत्पादनमुलक कार्यमा लगानी गरौ, र सामाजिक आर्थिक, राजनैतिक परिबर्तनका लागि सहयोग सगै समाज रुपान्तरणका लागि पनि केहि हदसम्म स्वयमसेवी भाबना जागृत गरौ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |