आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, July 31, 2013

जिबिस रुकुमलाई बधाई तथा शुभकामना

सम्पादकीय । बर्ष १ अंक १२ । साउन  १५    
 सर्बप्रथम त जिल्ला बिकास बिकास समिति रुकुमलाई बधाई ज्ञापन गर्दछौ । स्थानिय निकाय बित्तिय आयोगको सचिवालयले लिएको जिल्ला बिकास समितिहरुको न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा राप्तीमा नै पहिलो भएकोमा  । आर्थिक बर्ष २०६८।६९ को मापनको नतिजामा जिल्लाले ७२ अंक प्राप्त गरि अघिल्लो आर्थिक बर्षको भन्दा ८ अंक  नतिजा पनि बृद्धि भएको छ । एक आर्थिक बर्षको सुरुवात देखि अन्त्य सम्ममा हुने बिभिन्न बिकास निमार्णका गतिबिधि देखि लिएर योजना छनौट तथा कार्यान्वयनको क्षेत्रसम्म गरि बिभिन्न ८ र्शिषकमा गरिने मुल्याङकनमा ७२ अंक प्राप्त गरि रुकुम जिबिस राप्तीमै अगाडि आएको हो । न्युनतम सुचकको मापनमा रुकुम जिल्लामा सबै गाबिसहरु समेत उर्तिण भएका छन । जिल्ला बिकास समिति रुकुमले ८ अंकले मुल्याङकन नतिजा बृद्धि भएको भएपनि अझै तिन अंक बढी आउनुपर्ने दाबी रहेको छ । स्थानिय बिकास अधिकारी भरत कुमार शर्माले रुकुम जिबिसले अझै ३ अंक बढीको दाबी गरेको बताए । जिल्लाको योजनाको क्षेत्रमा ईलाका तथा गाबिस स्तरबाट आएका योजनाहरुलाई आफुहरुले प्राथमिकता दिने गरेको बताउदै जिल्ला बिकास समिति रुकुमले राम्रो अंक प्राप्त गर्न सहयोग गर्ने स्थानीय निकाय देखि लिएर जिल्लाका राजनैतिक दल, संचारकर्मि तथा आम नागरिकहरुलाई पत्रकार सम्मेलन गरि धन्यबाद समेत दिएको छ । जिल्ला बिकास समिति रुकुमले १५ पुर्णाङकको योजना तथा कार्यक्रम ब्यबस्थापनमा १०, ११ पुर्णाङकको बजेट ब्यबस्थापनमा ७, १५ पुर्णाङकको बित्तिय ब्यबस्थापनमा १२, ११ पुर्णाङकको बित्तिय स्रोत परिचालनमा ९, १२ पुर्णाङकका बजेट निकासा र कार्यक्रम कार्यान्वयनमा ४, १४ पुर्णाङकको सञ्चार र पारदर्शितामा १२, १० पुर्णाङकको अनुगमन तथा मुल्याड्कनमा ६, र १२ पुर्णाङकको संगठन संरचना सेवा प्रबाह र सम्पति ब्यबस्थापनमा १२  अंक प्राप्त गरि जम्मा ७२ अंक प्राप्त गरेको हो । राप्तीका अन्य जिल्लाहरु भन्दा बढी अंक प्राप्त गरेको भएपनि अझै केहि बिषयहरुमा थोरै अंक पनि छ । जसका लागि अहिलेसम्मको प्रगतिलाई संस्थागत गर्दै अगाडि बढोस शुभकामना ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |