जिल्ला बिकास समिति रुकुमले ८ अंकले मुल्याङकन नतिजा बृद्धि भएको भएपनि अझै तिन अंक बढी आउनुपर्ने दाबी रहेको छ । कार्यबिधिको ब्यबस्था अनुसार रुकुम जिल्ला बिकास समितिले २५ प्रतिशत अनुदान
तथा अन्य जिल्लाहरुले २० प्रतिशत थप अनुदान रकम प्राप्त गर्ने छन ।

रुकुम १६ साउन
स्थानिय निकाय बित्तिय आयोगको सचिवालयले लिएको जिल्ला बिकास समितिहरुको न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा रुकुम जिल्लाले ७२ अंक प्राप्त गर्न सफल भएको छ । आर्थिक बर्ष २०६८।६९ को मापनको नतिजामा जिल्लाले आर्थिक बर्ष २०६७।६८ को तुलनामा ८ अंकले मुल्याङकन नतिजा पनि बृद्धि भएको जिल्ला बिकास समिति रुकमले जनाएको छ । एक आर्थिक बर्षको सुरुवात देखि अन्त्य सम्ममा हुने बिभिन्न बिकास निमार्णका गतिबिधि देखि लिएर योजना छनौट तथा कार्यान्वयनको क्षेत्रसम्म गरि बिभिन्न ८ र्शिषकमा गरिने मुल्याङकनमा १०० पुर्णड्क भएकोमा ७२ अंक प्राप्त गरि रुकुम जिबिस राप्तीमै अगाडि आएको जिल्ला बिकास समिति रुकुमका सुचना अधिकृत चिन्तामणी दाहालले जानकारी दिए । उनका अनुसार न्युनतम सुचकको मापनमा रुकुम जिल्लामा सबै गाबिसहरु समेत उर्तिण भएका छन । जिल्ला बिकास समिति रुकुमले ८ अंकले मुल्याङकन नतिजा बृद्धि भएको भएपनि अझै तिन अंक बढी आउनुपर्ने दाबी रहेको छ । स्थानिय बिकास अधिकारी भरत कुमार शर्माले रुकुम जिबिसले अझै ३ अंक बढीको दाबी गरेको बताए । “अझै तिन अंक थप गरि ७५ अंकको दाबी हामीले गरि पुन मुल्याङकनका लागि पठाएका छौ” स्थानिय बिकास अधिकारी शर्माले भने । बजेटको कार्यान्वयन देखि लिएर जिल्ला बिकास समितिको योजना तथा लेखा शाखा सक्षम भएमा न्युनतम मुल्याङकनको सुचकमा जिल्लाले फड्को मार्ने भन्दै स्थानिय बिकास अधिकारी शर्माले जिल्ला बिकास समिति अन्तर्रगत योजना शाखा र लेखा शाखाका कर्मचारिको क्षमता अभिबृद्धि देखि लिएर कार्यशैली सक्षम बनाउनका लागि अझै बिशेष पहल गर्दै लैजाने बताए । जिल्लाको योजनाको क्षेत्रमा ईलाका तथा गाबिस स्तरबाट आएका योजनाहरुलाई आफुहरुले प्राथमिकता दिने गरेको बताउदै जिल्ला बिकास समिति रुकुमले राम्रो अंक प्राप्त गर्न सहयोग गर्ने स्थानीय निकाय देखि लिएर जिल्लाका राजनैतिक दल, संचारकर्मि तथा आम नागरिकहरुलाई पत्रकार सम्मेलन गरि धन्यबाद समेत दिएको छ । जिल्ला बिकास समिति रुकुमले १५ पुर्णाङकको योजना तथा कार्यक्रम ब्यबस्थापनमा १०, ११ पुर्णाङकको बजेट ब्यबस्थापनमा ७, १५ पुर्णाङकको बित्तिय ब्यबस्थापनमा १२, ११ पुर्णाङकको बित्तिय स्रोत परिचालनमा ९, १२ पुर्णाङकका बजेट निकासा र कार्यक्रम कार्यान्वयनमा ४, १४ पुर्णाङकको सञ्चार र पारदर्शितामा १२, १० पुर्णाङकको अनुगमन तथा मुल्याड्कनमा ६, र १२ पुर्णाङकको संगठन संरचना सेवा प्रबाह र सम्पति ब्यबस्थापनमा १२ अंक प्राप्त गरि जम्मा ७२ अंक प्राप्त गरेको हो । राप्तीका अन्य जिल्लाहरु पनि सबै उतिर्ण भएका छन । जसमा प्युठानले ६५, रोल्पाले ५७, सल्यानले ५९ तथा दाङले ६२ अंक मात्र प्राप्त गरेका हुन । कार्यबिधिको ब्यबस्था अनुसार रुकुम जिल्ला बिकास समितिले २५ प्रतिशत अनुदान तथा अन्य जिल्लाहरुले २० प्रतिशत थप अनुदान रकम प्राप्त गर्ने छन । जिल्ला बिकास समिति तर्फ ८१ वा सो भन्दा बढी अंक प्राप्त गरेमा ३०, ६६ देखि ८० अंक प्राप्त गरेमा २५ र ५१ देखि ६५ अंक प्राप्त गरेमा २० प्रतिशत थप पुजिगत अनुदान प्राप्त हुने बताईएको छ । त्यस्तै ३६ देखि ५० अंक प्राप्त गरेमा यथावत थप पुजीगत प्राप्त तथा न्युनतम सर्तमा सफल तर कार्यसम्पादन कार्यक्षेत्रमा असफल भएमा २० प्रतिशत अनुदान कटौति हुने ब्यवस्था छ ।
0 comments:
Post a Comment