
नेपाल पत्रकार महासंघ रुकुम शाखाले भर्खरै सदस्यता नबिकरण तथा नयाँ सदस्यता बितरणको लागि सम्बन्धीत पत्रकार तथा पत्रकार संगठनहरुमा पत्र पठाएको छ । केन्द्र तथा अन्य जिल्लाहरुमा एक महिनाअघि देखि नै यस्तो काम थालिएको भएपनि रुकुममा भने असारको अन्तिम साता तिर मात्र यस्तो काम थालिएको हो । पत्र पठाएसगै कोकोलाई नयाँ सदस्यता बितरणका लागि सिफारिस तथा कुनुकुनको पुरानो सदस्यता नबिकरण गर्ने भन्ने बिषयमा छलफल शुरु भैसकेको छ । आईतबार बसेको क्रान्तिकारी पत्रकार संघ रुकुमको बैठकले यस बिषयमा पत्रकार महासंघको साधारण सदस्यहरुको शुद्धिकरणमा ध्यान दिदै प्रकृया पुगेका पत्रकारहरुलाई मात्र नयाँ सदस्यताका बितरणको वाताबरण मिलाउन पत्रकार महासंघलाई जोडदार माग गर्ने निर्णय गरेको छ । संघले महासंघका केहि पदाधिकारीहरुले मात्र आफुखसि यस सम्बन्धी प्रकृया शुरु गरेको भन्दै सबै कार्यसमितिहरुको अनिबार्य बैठक बसी निर्णय गर्न समेत अनुरोध गरेको छ । त्यस्तै अन्य पेशागत संघसंगठनहरुले पनि आआफ्नो ठाउँबाट यस सम्बन्धी छलफहरु गरिरहेका छन । केहि संगठनहरुले आफ्नो बर्चश्व जमाईराख्न गडबढका साथ सदस्यता बितरण तथा नबिकरणका काम आफु अनुकुल गरिरहेको क्रियासिल पत्रकारहरुले समय समयमा आरोप समेत लगाउने गरेका छन । यस्तो आरोप एउटा कुनै बिषयमा नभई सम्पुर्ण रुकुमेली पत्रकारिताको बिकासमा महासंघले सोचेजस्तो र संभाबना भएजस्तो काम गरेन भन्ने नै हो । त्यसकारण महासंघका कार्यसमितिहरुले यसपटक गम्भीर रुपमा लिनुपर्ने कुरा भनेको सहकर्मिहरुले बेला बेला उठाउने गरेको प्रश्न, टिकाटिप्पनीको उत्तर तथा महासंघको सदस्यता शुद्धिकरण हो । बेला बेला महासंघले राजनैतिक दलका सक्रिय कार्यकर्ताहरुलाई सदस्यता बितरण गरेको भन्ने आरोप लगाएका छन भने अहिले तिनको पुन नबिकरणका हुदै छ भन्ने पनि बलियो प्रश्न हो । पत्रकारिता राजनिति नभएकोले ध्यान नदिएर सदस्यता दिदै महासंघमा पनि राजनिति नगर्नुहोस भन्ने कुरा हो । अर्को कुरा महासंघ कुनै ब्यक्तिको एनजिओ हैन, सम्पुर्ण रुकुमेली पत्रकारितामा आबद्ध संचारकर्मिहरुको साझा संस्था हो । त्यसकारण महासंघले कुनै एकाद ब्यक्ति तथा आफ्नै पदाधिकारीहरुको हितका लागि नभई सम्पुर्ण रुकुमेली श्रमजिबि पत्रकारहरुको हकहत तथा अधिकारका पक्षमा लाग्नुपर्ने हुन्छ । तर सहकर्मिहरुको हतहित तथा अधिकारको बिषयमा समस्या हुदा समेत महासंघ केहि गतिबिधी नगरेको पिडित पत्रकारहरुको आरोप छ । त्यसकारण अब रुकुमको पत्रकारिता दिर्घकालिन बिकास तथा अबसरहरुको लागि नयाँ जोस र जाँगरका साथ अगाडि लाग्नुपर्ने देखिन्छ । रुकुमको पत्रकारिता बिकासको लागि प्रशस्त संभावनाहरु भएपनि महासंघले त्यसको उपयोग गर्न नसकिरहेको अबस्था छ । त्यसको शुरुवात भनेकै सदस्यतामा शुद्धिकरण, पत्रकारिताको व्यबसायिकता निति र ब्यबहार तथा पत्रकार महासंघको आफ्नै संस्थागत बिकास नै हो ।
0 comments:
Post a Comment