रुकुमबाट आहा सञ्चार डटकमको शुरुवात गरिएको छ । लोकप्रिय र बिश्वब्यापी बनीरहेको अनलाईन पत्रकारितामा जोड दिने उदेश्यले www.aahasanchar.com

को शुरुवात गरिएको बताईएको हो । समाचार र बिचारमा आहा भन्ने मुल नाराका साथ बिगतका बर्षहरुदेखि आहा सञ्चारको नाममा ब्लग पत्रकारिता संचालन भैरहेको भएपनि हाल पाठकहरुको सहजताका लागि डटकमबाटै समाचार सेवा उपलब्ध हुनेगरि शुरु गरिएको हो । रुकुमबाट प्रकाशित आहा सञ्चार साप्ताहिकले छापा सगै अनलाईन सेवाको पनि शुरुवात गरेको हो । छापा सञ्चारबाट अनलाईन पत्रिकारिता शुरु गरेको जिल्लामामै यो पहिलोपटक र नयाँ पत्रकारिताको अभ्यास हो । अनलाईन सेवा शुरु गरिएसगै हरेक मंगलबार प्रकाशित हुने आहा सञ्चार साप्ताहिकमा प्रकाशित समाचार तथा ईपेपर पढ्न र हेर्न सकिनेछ । त्यस्तै जिल्ला तथा देश र बिदेशमा भएका ताजा, फिचर समाचार तथा बिचारहरु पढ्न सकिने छ । अनलाईनको शुरुवात मात्र भएको भन्दै रुकुमको पत्रकारितालाई बिकास तथा बिश्वब्यापी बनाउन क्रमस सुदृढ र प्रभाबकारी बनाउदै लैजाने बताईएको छ ।
0 comments:
Post a Comment