आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, July 20, 2013

चुनवाङ छुवाछुत मुक्त गाबिस घोषणा

आहा सञ्चार
रुकुम
 
 जिल्लाको चुनवाङ गाबिसलाई जिल्लाकै पहिलो जातिय छुवाछुत मुक्त नमूना गाविस घोषणा गरिएको छ । रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका प्रमुख अतिथि अर्जुन भन्डारी र स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सयुक्त रुपमा चुनवाङलाई जातिय छुवाछुत मुक्त नमूना गाविस घाषण गरेका हुन् ।घाषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले नेपालमै नयाँ कामको सुरुवात चुनवाङबाट भएको बताए । छुवाछुतकै कारण मान्छेले नै मान्छेको अनुभव गर्न नपाएको अवस्थामा यस कार्यले मान्छे मान्छे विचको सम्बन्धमा नयाँ अध्याय थपेको उल्लेख गरे । त्यस्तै कार्यक्रमका अध्यक्ष एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले छुवाछुत मुक्त घोषणा भएको ठाउँमा छुवाछुतका अवशेष पनि वाँकी रहन सक्नेतर्फ संकेत गर्दै यसको समुल अन्त्यका लागि दलित र गैरदलित विचको एकतामा जोड दिए । जव सम्म दलित र गैरदलित विचको एकता कायम हुदैन तव सम्म छुवाछुत कायमै रहने भन्दै उनले यसका लागि चुनवाङवासीले खेलेको भूमिकाको प्रशंसा गरे ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |