तथ्याङक अनुसार जिल्लामा १ वर्ग किलोमिटरमा ७२ जनाको वसोवास रहेको छ । ५८ सालबाट ६८ सालमा आउंदा ६ दशमलव ५ प्रतिशतले जनसंख्या बृद्धि भएको पाईएको छ । जिल्लाको कुल साक्षरता ६२.०८ प्रतिशत रहेकोमा ५३.९१ महिला र ७१.२२ पुरुष प्रतिशत रहेको छ । त्यसैगरी सन २०१५ सम्म सबैको घरघरमा शौचालय निमार्ण गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिईएको कार्यमा ३४.३५ प्रतिशतको घरमा मात्र शौचालय रहेको उल्लेख गरिएको छ ।
मेगराज खड्का

जिल्लाको जनसंख्या २ लाख ८ हजार ५ सय ६७ रहेको छ । शाखा तथ्याङक कार्यालय रुकुमले राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लाको कुल जनसंख्या उक्त संख्यामा रहेको जानकारी गराएको हो । २०६८ सालमा जनगणना अनुसार रुकुममा ४८ प्रतिशत अर्थात ९९ हजार १ सय ५९ जना पूरुष र ५२ प्रतिशत अर्थात १ लाख ९ हजार ४ सय ८ जना महिलाको संख्या रहेको छ । २०५८ सालको जनगणना अनुसार रुकुममा ४९ प्रतिशत पूरुष र ५१ प्रतिशत महिलाको संख्या रहेको थियो । तथ्याङक अनुसार जिल्लामा १ वर्ग किलोमिटरमा ७२ जनाको वसोवास रहेको छ । २०५८ सालको जनगणना अनुसार जिल्लाको १ वर्ग किलोमिटरमा ६५ दशमलव ५ जनाको वसोवास रहेको थियो । ५८ सालबाट ६८ सालमा आउंदा ६ दशमलव ५ प्रतिशतले जनसंख्या बृद्धि भएको पाईएको छ । त्यसैगरीे जनगणना अनुसार रुकुमका १३ हजार ५१ जना मानिसहरु रोजगारीका लागि विदेश गएका छन् । विदेश गएका मध्ये ११ हजार ७ सय ७४ जना पुरुष र १२ सय ७६ जना महिला रहेका छन् । त्यस्तै तथ्यांकमा महिलाहरुको अचल सम्पतिमा स्वामित्व भएका घरधुरी ३.१३ प्रतिशत, १० देखि १९ बर्ष उमेर समुहमा बिबाह गर्नेहरुको ६६.१८ प्रतिशत रहेको छ । जसमा महिला ४३.१४ र पुरुष २३.४ प्रतिशत रहेको तथ्यांक छ । जनगणना तथ्यांकका अनुसार जिल्लाको कुल साक्षरता ६२.०८ प्रतिशत रहेकोमा ५३.९१ महिला र ७१.२२ पुरुष प्रतिशत रहेको छ । त्यसैगरी सन २०१५ सम्म सबैको घरघरमा शौचालय निमार्ण गरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिईएको कार्यमा ३४.३५ प्रतिशतको घरमा मात्र शौचालय रहेको उल्लेख गरिएको छ ।
0 comments:
Post a Comment