आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, June 11, 2013

आहा सञ्चार सबैको बनोस !

हरि गौतम
रुकुममा पत्रिकाको शुन्यतालाई भङ्ग गर्दै आएको आहा सञ्चार  प्रति सबैको आशा जागेको महशुस मैले गरेको छु । सबैको कामना यही छ कि यसले पनि यस अघिका अन्य १६ वटा पत्रिकाको जस्तै नियति भोग्न  नपरोस । पाठकहरुले बेला बेला उठाउने   गरेको प्रश्नको जवाफको रुपमा यो रहनेछ, मैले यसबाट यही अपेक्षा गरेको छु ।

                       
यो तपाईले पढिरहेको पत्रिका रुकुमको १७ औं हो । दर्ता बिनै प्रकाशनमा आएकालाई गनोट गरिएको छैन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले यसै भन्छ आहा सञ्चार राष्ट्रिय साप्ताहिक जिल्लाको १७ औं पत्रिका हो । यो अंक संगै यसले चार वटा पाइला अघि सारी सक्यो । चाहेको थिए, यसको पहिलो अंकमा नै मैले केही लेखु । यस अघिका १६ पत्रिकाले जिल्लाको बिकास निर्माण, राजनीतिक घटनाक्रम, घटना परिघटनामा महत्वपुर्ण योगदान दिएका छन्, यद्यपि तिनिहरुले निरन्तरता पाउन सकेनन्, । ग्रामिण क्षेत्रमा सञ्चार गृह चलाउनु फलामका चिउरा चपाउनु भन्दा कम्ता गाह्रो कहाँ छर ? अत्यन्त उत्साह र व्यवस्थापनका साथ प्रकाशन भएका पत्रिका पनि बन्द हुन पर्ने स्थितिको अन्त्य हुन समय लाग्ने छ यसमा कसैको बिमति छैन यसका आफ्नै कारण छन्, म त्यता पट्टि गएन यो विषयमा कुनै दिन छलफल गरौंला । मैले सुरु मै लेखे जिल्लाको १७ औं बनेको छ, आहा सञ्चार राष्टिूय साप्ताहिक जिल्लाका उदयमान युवा पत्रकार मेगराज खड्का एक्लैले पत्रिका प्रकाशनको आँट गरेर चार अंक बजारमा ल्याई सके, उनको यो एक्लो प्रयासलाई सलाम ! अनि निरन्तरताको कामना । लामो समयको तयारी पछि प्रकाशन थालिएको पत्रिकाको पहिलो अंकको सम्पादकियमा यसलाई दिगो बनाउने प्रतिबद्धताको साथै पत्रिकालाई जनताको आवाज बनाउने उद्घोष गरिएको छ । जहाँ सार्वजनिक महत्वका बिषय बस्तु मुख्य प्राथमिकतामा राखिने छन् भने, जनताका चासो र आबश्यकता महशुसलाई उनीहरु जस्तै पस्कने उल्लेख पनि त्यसमा गरिएको छ । रुकुममा पत्रिकाको शुन्यतालाई भङ्ग गर्दै आएको आहा सञ्चार  प्रति सबैको आशा जागेको महशुस मैले गरेको छु । सबैको कामना यही छ कि यसले पनि यस अघिका अन्य १६ वटा पत्रिकाको जस्तै नियति भोग्न  नपरोस । पाठकहरुले बेला बेला उठाउने   गरेको प्रश्नको जवाफको रुपमा यो रहनेछ, मैले यसबाट यही अपेक्षा गरेको छु । पत्रिका मौसमे भए, शब्द सधै सुन्निने गरेको  छ । कतिपय मौसमे बने होलान तर अधिकत्तर पत्रिकाले प्रकाशन हुने चाहाना दबाएर  राख्नुपर्ने अवस्था सृजना भएकै हो । सञ्चार क्षेत्र राज्यको चौथो अङ्गको रुपमा बुझिन्छ, यसले आफ्नो भूमिका पनि निर्बाह गरिरहेकै पनि छ । चौथो अङ्गको रुपमा घोषणा गरेकै राज्यले सञ्चार क्षेत्रको उपहास गरिरहेको महशुस नगरिएको पनि होइन । तर, सबै निरिह बस्नु सिवाय अर्को बिकल्प छैन । राज्यकै साथ सहयोग नपाएपछि दुरदराजका सञ्चार गृहले समस्या झेलिहेका हुन् ।  निति बनाउन अब्बल हाम्रो राज्य कार्यान्वयन प्रक्रियामा निकै फितलो छ । आफैले निर्माण गरेको निति कार्यान्वयन नगर्ने राज्यबाट अरु के को आश गर्नु र ? यही समस्याको बिचमा अदम्य साहस बटुलेर आएको आहा सञ्चारलाई निरन्तरता दिने मुख्य हात प्रकाशक र व्यवस्थापन पक्षको भएपनि यसमा हामी सबैको साथ त्यतिकै जरुरी छ । समाजको ऐनाको रुपमा रहेको सञ्चार क्षेत्र बिद्युतिय वा छापालाई निरन्तरता दिन सबै सचेत नागरिक, तह, तप्का र क्षेत्रको भुमिकाको चर्चा गरिरहन आवश्यक भएन । सञ्चार क्षेत्रकै देनको कारण बिश्वमा ठुलाठुला परिवर्तण सम्भव भएका उदाहरण हामी माँझ प्रशस्तै छन् । यसैले सञ्चार क्षेत्रको संरक्षणमा सबैको चासो उत्तिकै हुन जरुरी छ । हाल जिल्लामा प्रकाशन हुन थालेको आहा सञ्चारले सबैको साथ लिन सकोस, सामान्य किसानदेखि सबै क्षेत्र, तह र तप्काकाहरुको आवश्यकता, चाहाना अनुरुपको बन्ने प्रयास यसले गर्नेछ र आफुले गरेको प्रतिबद्धता पुरा गर्नतर्फ आफुलाई आहा  सञ्चारले लम्काउने छ । किसान, बिद्यार्थी, शिक्षक लगायत सबैको प्यारो भएर आहा सञ्चार बसोस,  शान्ति र समृद्धिको चाहा, बिचार र समाचारमा आहा नारा सार्थक बनाउन आहा सञ्चारले कुनै कसर बाँकी पनि नराखोस्, चौथो अंक प्रकाशनको अवसरमा आहा सञ्चार परिवारलाई शुभकामना ।। (लेखक गौतम राष्ट्रिय समाचार समितिका रुकुम संबाददाता हुन ।) curious1.hari@gmail.com
                                                                                                            

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |