
रुकुम, १३ असार
रुकुम जिल्लाको समग्र शिक्षा प्रणाली सुधारको लागी प्रभावकारी योजना बनाउन जिल्लाका सवै विद्यालयलाई निर्देशन गर्ने जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी भरतकुमार शर्माले बताउनुभयो । शिक्षा पत्रकार समुह रुकुमले सदरमुकाम खलंगामा गरेको एसएलसी परीक्षा सुधार तथा समिक्षा विषयक अन्तक्रिया कार्यक्रममा उहाँले एसएलसी परीक्षको नतिजा कम आउनुमा सबै पक्षको उत्तीकै जिम्मेवारी रहेकाले यसलाई आगामि दिनमा सुधान गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २०६९ सालको एसएलसी परीक्षको बारेमा जिल्ला शिक्षा अधिकारी हरिहर धितालले जानकारी गराउनुभएको थियो । जिशिअ धितालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार रुकुमका विभिन्न ४ वटा विद्यालयहरु नील भएका छन् । नील हुने विद्यालयहरुमा आर्दश मावि खाराबाङ जाङ्ग, जनशक्ति मावि कांडा, शिद्धचौर उच्च मावि लुकुम र जनजागृति उच्च मावि महत रहेका छन् । यी विद्यालयहरुबाट एक जना विद्यार्थिहरु पनि उतिर्ण हुनसकेका छैन्न । जिल्लामा कुल विद्यार्थिको ३१ दशमलब ६ प्रतिसत मात्र विद्यार्थि उतिर्ण भएका छन् । परिक्षाको नतिजा अनुसार रुकुम जिल्ला राप्ति अञ्चलमा दोश्रो भएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालयमा रानितिकरण हुनु, नियमित अनुगमण नहुनु, अभिभावकहरुले पनि आफ्ना बालबालीकाको ध्यान नदिनु लगायतका कारणले गर्दा एसएलसी परीक्षाको नतिजा घटेकोले यसलाई ध्यानदिएर सुधार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहभागीहरुले विद्यालयमा राजनितिक गर्न नहुनेमा जोड दिएका छन । विद्यालय संबैखालका परिक्षाहरुमा नियमित अनुगमणको आवश्यकता रहेको छ बताएका छन । बनेका नितिनियम कडाइसाथ लागु गर्नुपर्ने । कतिपय विद्यालयमा एक दुई विद्यार्थीमात्रै उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसरी जिल्लाको उत्तीर्ण दर घटदै जानु अभिभावक, शिक्षक र सबैको कमजोरी भएको कार्यक्रमका सहभागिहरुले बताएका छन । यस्तै ४ प्रतिसत ल्याउनेहरु सहित शक्रमावि सिमा यमुनानन्द उमावि सेरीगाउँ ३ जना भानुभक्त मावि २ जना मात्र विद्यार्थीहरु पास भएको कार्यालयले जनाएको छ । जिल्ला स्तरिय परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षता र शिक्षा पत्रकार समुह रुकुमका संयोजक लक्ष्मण केसीको संचालन रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र भट्ट, जिल्ला शिक्षा कार्यालय रुकुमका शाखा अधिकृत विनाराम खड्का, त्रिभुवन जनता उच्च माविका प्राचार्य मिनबहादुर पुन, विभिन्न शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधि, विद्यार्थि, पत्रकार लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment