
रुकुममा खाद्यान्न संकट, अभाब तथा असुरक्षा भएको खबर अनौठो होईन । पटक पटक यस्तै प्रकृतिका समाचारहरु बाहिर आउने गरेका छन । समाचारको स्रोत बन्छ जिल्ला खाद्य सुरक्षा संजालको बैठक निर्णय । तर यसपटकको खाद्य सुरक्षा संजालको बैठकले भने रुकुम खाद्यान्नले सामान्यतया सुरक्षित रहेको निर्णय गरिएको छ । यस भन्दा अघिल्लो पटक बसेको संजालको बैठकले रुकुमका १२ गाबिसमा खाद्यान्न असुरक्षा भएको निर्णय गरेको थियो । संजालको निर्णय बाहिर आएपछि केहि राष्ट्रिय छापा मिडियामा टिकाटिप्पनी सहितका खोजमुलक समाचार पनि प्रकाशन भएका थिए । यस पटकको संजाल बैठक निर्णय समाचार, नागरिक समाजबाट आएको सुझाब तथा अहिलेको अबस्था तिनै पक्षको संयोग जस्तो बुझ्न सकिन्छ । बैठकले हाल जिल्लाका ४३ ओटै गाबिस खाद्यान्नमा सुरक्षित अबस्थामा रहेका छन भने यस अघि समस्या हुने गाबिसहरुमा केहि समयपछि सामान्य असुरक्षा हुने अनुमान गरिएको छ । यस पटकको संजाल बैठक निर्णय रुकुमेलीको लागी ईमानयोग्य, स्वागतयोग्य र बिश्लेषण योग्य सबै पाईन्छ । संजालले बिस्तृत अध्ययन गरेर मात्र निर्णय सार्बजनिक गर्नुपर्छ । किनकी यसमा तथ्यांक गलत भएमा उत्पादन राम्रो हुने ठाउँमा खाद्यान्न दुरपयोग हुने संभाबना हुन्छ भने खाद्यान्न समस्या हुने ठाउँ छुटेमा समस्यामा परेका जनताहरुले चामल पाउन सक्छैनन् । अर्को कुरा हचुवाको भरमा निर्णय गर्दा जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत सकारात्मक तथा नकारात्मक प्रभाब पर्न जान्छ । हामी रुकुमेली सधै अभाब गरिबी र अशिक्षाको पात्र बन्न चाहादैनौं । अभाब, गरिबी अशिक्षा चाहान्छन त केवल लूट अभियानका नाईके तथा सहयोगीहरु । उनीहरुले रुकुमेलीलाई अभाबको संज्ञा दिएर थोरै कनिका छरे जस्तो चामल छरेर अरु फाईदा आफै दिन चाहान्छन । तर हामी त्यसको खुलेरै बिरोध गरिरहेका छौ र गरिरहन्छौ पनि । रुकुमका केहि ठाउँमा र कुनै बेला बखत अभाब छैन भनेर जो कसैले पनि भन्न सुहाउदैन । तर जहिलै उहि ठाउँ र परिबेस हैन जिल्लाका सबै ठाउँमा अनुसन्धान गर्नुहोस त अहिले सम्म नसमेटिएका ठाउँका जनताहरु पनि केहि समस्यामा हुन सक्छन, समय र परिस्थितिले गर्दा हुन्छ पनि । तर जहिलै रुकुमेली यसरीनै अपमानित रहनुहुन्न र हुनपनि चाहादैनन् होला । हामीले यसअघि पनि यसकै खाजमुलक रिपोटिङ गरेका थियौ तर त्यो समाचार मन नपरेपनि लुकिलुकि हेर्ने काम भने भयो । जसमा हामीले कुनै ब्यक्ति तथा संस्थामो बिरुद्धमा लेखेका थिएनौ । त्यो केवल थियो त संकार तथा आत्मसम्मानका लागि केहि समस्या भएपनि गरेर, गर्न लगाएर केहि कम गरौ त्यति मात्र थियो । रुकुममा यस पटकको संजाल निर्णयपनि धेरैलाई मन परेको छैन, जसका कारण कुनै चर्चा पनि गरिएन । किनकी यहाँ फाईदा हुने कुनै ठाउँ छैन तत्काललाई । जिल्लाका केहि मिडिया तथा पत्रकारहरुलाई पनि यो कुनै समाचार लागेकै छैन । अभाबमा नाम दिएर होस या भएर आफ्नो जिल्लाको आत्मसम्मान लुटिरहेको बेला यो सकारात्मक निर्णय उनीहरुका लागि समाचार पनि कसरी बनोस । अन्तमा रुकुममा खाद्य संग सरोकार राख्ने निकायहरुले आउदा दिनहरुमा खाद्यान्न असुरक्षा भैहाले पनि कसैलाई देउ भनेर हात थाप्ने र थाप्न लगाउने मात्र सिकाउने हैन ति अभाब रहेको ठाउँमा कसरी स्थायी आत्मनिर्भर बन्ने भनेर सिकाउनु जरुरी छ । नत्र भने रुकुमको खाद्यान्नका नाममा डलर बटाउने तर कनिका छर्ने काम रहिरहने छ ।
0 comments:
Post a Comment