संकट तथा अभाबको नाममा चिनिने रुकुममा समस्या दोहरिने अनुमान गरिएपनि हाल सुरक्षित अबस्थामा रहेको छ ।
मेगराज खड्का/आहा सञ्चार
रुकुम
आईतबार बसेको खाद्य सुरक्षा संजालको बैठकले रुकुम खाद्यान्नले सुरक्षित रहेको निर्णय गरिएको छ । बर्षेनी जिल्लाका १२ तथा सो भन्दा बढी गाबिसमा खाद्यान्न असुरक्षाको निर्णय गर्ने संजाल बैठकले यसपटक भने खाद्यान्नले सुरक्षित रहेको भन्ने निर्णय फेरिएको हो । यस अघि बसेको संजालको बैठकले रुकुमका १२ गाबिसमा खाद्यान्न समस्या भएको निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी तथा संजालका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यस पटकको बैठक निर्णयले सामान्यतया रुकुम खाद्यान्नले सुरक्षित रहेको निर्णय गरेको बताए । “यसअघिको संजाल बैठक निर्णयमा टिकाटिप्पनी सहितका समाचार आएपछि हामीले गहिरो अध्ययन गर्दा रुकुममा हाल खाद्यान्न संकट देखिएन ।” अधिकारीले भने, “जनस्तर तथा नागरिक समाजबाट यसअघि आएको शंका तथा सुझाब सल्लाहले यस पटकको संजालको बैठक निर्णयमा ठुलो प्रेरणा मिलेको छ ।” त्यस्तै संजालको बैठकमा सहभागि रुकुमका स्थानिय बिकास अधिकारी भरत कुमार शर्माले रुकुम खाद्यान्नले सुरक्षित रहेको स्टाटस आफ्नो फेसबुकमा राखेका छन । उनले रुकुम हाल खाद्यान्न सुरक्षित रहेको र ३ पहिना पछि केहि गाबिसहरुमा सामान्य असुरक्षा हुने अनुमान गरिएको उल्लेख गरेका छन । जसमा यसअघि खाद्यान्न समस्या भनिएको १२ गाबिसहरु गोतामकोट, स्यालाखदी, सिस्ने, हुकाम, रन्मामैकोट, कोल, तकसेरा परेका छन । त्यस्तै काँक्रि, काँडा, मोरावाङ्ग, महत र राङ्सी गाविस पनि अनुमानमा परेका छन । संजालले पटक पटक पुर्बि गाबिसहरुमा मात्र खाद्यान्न संकट तथा असुरक्षा भएको निर्णय सार्बजनिक गर्ने गरेकोले असुरक्षाको निर्णय गर्ने संजालले कहिले सुरक्षित भएको खबर सुनाउछ भनेर आषा समेत सरोकारवालाहरुले गरिरहेका थिए । यस्तो प्रचारले केहिले खाद्यान्न अभाबको नाममा फाईदा त लिएका छैनन भनेर बिषेश चासोका रुपमा समेत हेरिएको थियो । प्रजिअ अधिकारीले यस पटकको खाद्य सुरक्षा संजालको बैठकमा सबै पदाधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको समेत जानकारी दिएका छन । समाचार स्रोतका अनुसार यस अधिको बैठकमा केहि पदाधिकारीहरुले आफु अनुकुल मात्र बैठक बसाली बैठकको निर्णय अन्य पदाधिकारीहरुलाई कार्यालय कार्यालयमा पुगेर हस्ताक्षर गराएका थिए । जिल्लामा खाद्यान्न सुरक्षाको सन्दर्भमा स्थानिय प्रशासनसगै जिल्ला कृषि बिकास कार्यालय, नेपाल खाद्य संस्थान, बिश्व खाद्य कार्यक्रम तथा जिल्ला बिकास समिति सहितका २१ सबन्धीत निकायहरुले सरोकार राख्ने गरेका छन । यस अघि पटक पटक खाद्यान्न समस्या भनिएका गाबिसहरु आर्थिक उत्पादनको सगै खाद्यान्न उत्पादनका हिसाबले पनि आत्मनिर्भर मानिन्छन । पुर्बि रुकुममा सबैभन्दा राम्रो उत्पादन हुने मकै बाली हो । जहाँको मकै स्थानियले आआफ्नो घरको बाहिरै लामो समय सम्म थुपारेको पाईन्छ । त्यति मात्र नभएर पुर्बि रुकुम आर्थिक उत्पादनको स्रोतको रुपमा समेत लिन सकिन्छ । जहाँ यार्सागुन्बु लगायतका बहुमुल्य जडिबुटिहरु समेत बिक्रिबितरण गरि लाखौ उत्पादन गर्ने गरेका छन । त्यस्तै स्थानिय राडिपाखी बिक्रि तथा आलु र स्याउ उत्पादनबाट समेत आम्दानी हुने गरेको छ

0 comments:
Post a Comment