आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, June 20, 2013

रुकुमको भुमेमा हाकिमस्तरको नाँच (फोटो फिचर)

मेगराज खड्का/आहा सञ्चार
रुकुम

     मगर समुदायहरुले ठूलो चाडको रुपमा मनाउने भुमे नाँचको रुकुममा बुधबार समापन गरिएको छ । मगर समुदायहरुले रुकुम जिल्ला सदरमुकाम मुसिकोट खलंगाको सहिद मैदानमा भुमे देवताको पुजा तथा नाँचेर पर्ब मनाएका हुन । भुमे नाँच रुकुम तथा रोल्पाका मगर समुदायहरुले बिशेष गरेर मनाउने गरेका छन । रुकुमको पुर्बि गाबिसहरुबाट बसाई सरी आएका मगर समुदायहरुले आफ्नो संस्कृतिलाई जर्गेना गर्दै  भव्य रुपमा बिगतका बर्षदेखि मनाउदै आएका छन । यो नाचमा भुमे देवतालाई पुजा तथा बली चढाएपछि लगाएको वाली सप्रिने, भु–क्षय, बाढी पहिरो नजाने, अनिकाल नलाग्ने मगर समुदायको विश्वास छ । भुमे नाँच समापन कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा रुकुमका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी, स्थानिय बिकास अधिकारी भरत कुमार शर्मा, प्रहरी नायब उपरिक्षक राजेन्द्र भट्ट लगायत अन्य ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागी सबै ब्यत्तित्वहरु मगर समुदायको पोशाक सहित नाँचमा सहभागी भएका थिए । हेर्नुहोस तस्बिरहरु ।
क्रमसः रुकुमका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी, प्रहरी नायब उपरिक्षक राजेन्द्र भट्ट 
तथा स्थानिय बिकास अधिकारी भरत कुमार शर्मा,





0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |