आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, May 20, 2013

रुकुमबाट आहा सञ्चार साप्ताहिक प्रकाशनमा


रुकुम ७ जेठ ।
रुकुमबाट आहा सञ्चार राष्ट्रिय साप्ताहिक प्रकाशन भएको छ । शान्ति र समृद्धिको चाहा, समाचार र बिचारमा आहा भन्ने मुल नाराका साथ प्रकाशन आरम्भ गरेको पत्रिका अब प्रत्येक मंगलबार प्रकाशित हुनेछ । रुकुममा साप्ताहिक र दैनिक गरि दर्जन बढी पत्रपत्रिका दर्ता भएपनि कुनै नियमित प्रकाशन नभएकाले जिल्लामा छापा संचारलाई जोगाउदै पाठकमा सुचनाको हकको स्थापित गरेर फरक तरिकाबाट पत्रकारिता अगाडि बढाउने उदेश्यले पत्रिका प्रकाशन गरिएको बताईएको छ । पुरानै काम नयाँ संकल्प शिर्षक दिएको आफ्नो सम्पादकीयमा आहा सञ्चार रुकुममा प्रकाशन भएको कुनै अनौठो र नयाँ काम नभई नयाँ संकल्प मात्र भएको उल्लेख गरेको छ । “रुकुममा रहेको सानो बजार तथा बिबिध प्राबिधिक समस्याका बिच पत्रिका अनियमित हुने रोग बाट हामी पनि अछुतो त छैनौं तर संघष गर्ने आँट र साहस बोकेका छौ” सम्पादकीयमा भनिएको छ । पत्रिकामा सबै प्रकारका बिषयबस्तु रहने भएपनि जिल्लाका खोजपुर्ण रिपोर्ट, आर्थिक र जनसरोकार संग जोडिएका सामाजिक बिषयहरु प्राथामिकता पाउने बताएको छ । पत्रिकाको प्रकाशक/सम्पादकमा युवा पत्रकार मेगराज खड्का छन । खड्का यसअघि जिल्लाबाट प्रकाशन/प्रशारण हुने केहि संचारमाध्याम्मा सम्पादकको पदमा रहेर काम गरिसकेका छन भने रेडियो नेपाल तथा कारोबार दैनिकको रुकुम संबाददातामा समेत क्रियासिल छन । पत्रिकाको सामाग्री www.aahasanchar.blogspot.com नामको ब्लगमा समेत पढ्न सकिन्छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |