सामाजिक सञ्जाल तथा इमेल गर्नका लागि तपाइँले खिचेको फोटोको आकार घटाउनु परेको खण्डमा के गर्नुहुन्छ- यहाँहरुसबैले आफूले खिचेका फोटोको आकार घटाउन साथै फोटो खिच्दाका समयमा भएको असावधानिका कारण उत्पन्न परिणाम हटाउनका लागि फोटोसफ नामक सफ्टवेयर चलाउनु भएकै होला। तर यात्रामा वा घरभन्दा बाहिर साथीभाईको कम्प्युटर तथा साइबरमा बसेर कम्प्युटर चलाउनु भएको समयमा त्यहाँ तपाइँलाई फोटोसफ उपलब्ध नहुन सक्छ। यस्तो अवस्थामा तपाइँले खिच्नुभएको फोटो एडिट गर्नका लागि तपाइँ अनलाइन फोटो एडिटिङ टुलहरुको प्रयोग गर्न सक्नुहुन्छ। विदेशमा रहनेका लागि त फोटोसफको सफ्टवेयर प्याक किन्न महँगो पनि पर्छ।


यस्तो अवस्थामा तपाइँ स्मार्ट भएर अनलाइनमा उपलब्ध रहेका टुलहरुको प्रयोग गर्नुपर्छ। इन्टरनेटमा यस्ता विभिन्न वेबसाइट तथा अनलाइन सफ्टवेयरहरु छन् जसको प्रयोग गरेर तपाइँ कम्प्युटरमा सफ्टवेयर नै नहाली काम लिन सक्नुहुन्छ। फोटो एडिट गर्नका लागि फोटोसफ जस्तै निशुल्क फोटो एडिट गर्ने अनलाइन सफ्टवेयर हो पिक्स्लर। पिक्स्लरको यो वेबसाइटमा गएर तपाइँ आफ्नो फोटोलाई मनलागेको तरिकाले सम्पादन गर्न सक्नुहुन्छ। यसमा रहेका सबै टुल र काम गर्ने तरिका सबै फोटोसफको जस्तै छ। मात्र यसको फरक भनेको यो सफ्टवेयर अनलाइनमा चलाइ रहिएको छ त्यो मात्र हो। यसमा कुनै पनि फोटो चाहे त्यो कुनै वेबसाइटमा रहेको होस् या कम्प्युटरमा रहेको त्यसलाई फोटोलाई सम्पादन गर्न त्यसलाई सेभ गरेर राख्न वा अनलाइनमा नै प्रिन्ट गर्नका लागि अर्डर दिन सकिन्छ।
यसमा रहेको साइन इन सुविधाले यसमा साइन इन गरिसकेपछि फोटोहरु भण्डारण गर्ने तथा पुराना कामहरु सेभ गरेर राख्ने गर्न सकिन्छ। यसको राम्रो खुबी भनेको यो विभिन्न एक दर्जन भन्दा बढि भाषामा उपलब्ध छ। साभार-दुरसन्चार डटकम
0 comments:
Post a Comment