काठमाडौं, २४ कात्तिक- आसन्न संविधान सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोÈित चुनाव बहिस्कार आन्दोलनका कार्यक्रमलाई परिमार्जित गरेको छ । आइतबार पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले आन्दोलनको स्वरुप परिर्वतन गरि भोलि २५ गते मात्र आमहड्ताल र २६ गतेदेखि मंसिर ५ गतेसम्म यातायात बन्द गर्ने निणर्य गरेको नेकपा–माओवादीले जनाएको छ ।
यसअघि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आङ्खनो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
यसअघि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आङ्खनो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
1 comments:
Very good.
Post a Comment