आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 16, 2016

सहिदपुत्र नै नयाँ शक्ति रुकुमको संयोजक

आहा सञ्चार
रुकुम 

नयाँ शक्तिले क्रान्तिकारी पाटो छोडिसक्यो अनी जनयुद्धका बाँकी कार्यभार पुरा र जनजीविका काम गर्दैन भनेर आलोचना
भैरहेको बेला जनयुद्धका सहिद पुत्र नै नयाँ शक्तिको संयोजक बनेका छन । नयाँ शक्ति पार्टी नेपाल रुकुमको संयोजकमा अमर ओली चयन भएका हुन  । उनी माओबादी जनयुद्धका सहिद खड्कबहादुर ओलीका छोरा हुन । पार्टीकामको सिलसिलामा २०५९ बैसाख ४ गते राज्य पक्षका सुरक्षाकर्मीले अपहरण गरि हत्या गरेका थिए । नेपाली सदरमुकाम खलंगा भएको पार्टी घोषणाको भाव सम्प्रेसन विशेष भेलाले उनलाई जिल्ला संयोजकमा चयन गरेको हो । उनको संयोजगत्वमा ७५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । यस अघि अन्तरिम जिल्ला परिषद रुकुमको संयोजकमा उपेन्द्रलाल कामी थिए । 
उनलाई नयाँ संयोजक चयन भएसगै सल्यान जिल्लामा जीम्मेवारी दिईएको छ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारीणी समिति सदस्य तथा ६ नं प्रदेश संयोजक भक्तबहादुर शाह, केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा ६ नं प्रदेश संगठन विभाग प्रमुख शरुण वाँठा मगरको विशेष उपस्थितिमा भेलाको आयोजना गरिएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |