असहजताको निरन्तर यात्रा
शान्ति र समृद्धिको चाहा, समाचार र बिचारमा आहा भन्ने मुल नारा लिई रुकुमबाट नियमित प्रकाशनमा रहेको एकमात्र समाचारप्रधान पत्रिका आहा सञ्चार राष्ट्रिय साप्ताहिक प्रकाशन यात्राको पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रबेश गरेको खबर तपाईहरुलाई सुनाउन पाउँदा हामी निकै खुसि भएका छौ । २०६९ पुस २५ गते जिल्ला प्रशासन कार्यालय रुकुमबाट पत्रपत्रिका प्रकाशन गर्ने अस्थायी अनुमती लिई २०७० जेठ ७ गतेबाट प्रकाशन यात्रा शुरु गरिएको यस पत्रिका सूचना बिभागको सिफारिसमा २०७० मंसिर २४ गते स्थायी प्रमाणपत्र समेत प्राप्त गरिसकेको अबगत गराउन पाउँदा हामी झनै हर्षित भएका छौ ।
जिल्लामा बिद्युतिय संचारमाध्यमहरुले राम्रो फड्को मारेको भएपनि छापा सञ्चारमाध्यमहरु निरन्तरता र व्यबसायिक अभ्यासमा नआईरहेको अबस्थामा शुरु गरिएको यो कठिन यात्रामा सहज भने भएन । यो असहज यात्रा निरन्तरतामा काँध थाप्ने हाम्रा बिज्ञापनदाता, पाठक, लेखक, स्थानीय संबाददाता, जिल्ला स्थित संचारमाध्यम तथा पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्बसाधरणहरुलाई हार्दिक धन्यबाद ब्यक्त तथा सहयोग निरन्तरताको अपेक्षा गर्दछौ । तपाईहरुको नियमित सहयोग र आर्शिबादले हामी जिल्लाको ज्ञानसिप, प्रबिधी, आर्थिक, सामाजिक, सांस्कृति, राजनैतिक र भौतिक समस्या संगै अस्वस्थ प्रतिष्प्रधालाई पनि छिचोलेर गन्तब्यमा पुग्न सफल भयौ । शुरुवातमा एक्लो प्रयासबाट थालिएको यो आहा यात्रामा एक बर्षको क्रममा हात र साथ जोड्नेहरु क्रमसः थपिरहेका छन ।
आहा सञ्चारले रुकुमको बिकास, परिबर्तन र समृद्धिको पक्षमा सगै यस भित्र हुने गरेका बिबिध नराम्रा कुराको बिपक्षमा पनि उभिएर कलम चलायो । हामी कुनै राजनैतिक पार्टीको मुखपत्र तथा झण्डा ओढेनौं तर सहि राजनैतिक बिचार र जागरणको बिश्लेशन गर्न भने हिच्कीचाएनौ । पहिलो बर्ष पत्रिका निरन्तरताको मात्र लक्ष रहेको भएपनि दोस्रो बर्षमा भने निरन्तरता सगै व्यवसायिक पत्रकारिताको अभ्यासको शुरुवात गर्नेछौ । पत्रिकामा सबै प्रकारका बिषयबस्तु रहने भएपनि जिल्लाका खोजपुर्ण रिपोर्ट, आर्थिक र जनसरोकारका केन्द्रित सामाग्रीलाई प्राथामिकता दिईयो । त्यसका साथै आउँदा दिनहरुमा हामीले समेट्ने समाचारहरुको घेरा फराकिलो पार्दै लैजाने र पत्रिकाको अनलाईन संस्करणलाई पनि अझै व्यवस्थित गरि बिश्व समुदायको ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि पाठकसंग गर्न चाहान्छौ ।
त्यतिमात्र नभएर हामी हाम्रो मात्र प्रगति र उन्नतीको अपेक्षा र अभ्यास मात्र गर्ने छैनौ समग्र रुकुमेली पत्रकारिता र पत्रकारको प्रगति र उन्नतीमा पनि हाम्रो चासो र चिन्ता रहनेछ । हामीले सकेसम्म पत्रकारिता र पत्रकारको क्षमता अभिबृद्धि सगै राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने योजना पनि बनाएका छौ । जस अनुसार यसै बर्षदेखि आहा सञ्चार पत्रकारिता पुरस्कारको शुरुवात गरेको जानकारी गराउदछौं । जिल्लामा रहेर उत्कृष्ठ पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरिने उक्त पुरस्कारलाई झनै ब्यबस्थित र प्रभाबकारी बनाउन आर्थिक तथा प्राबिधिक सहयोगको समेत हामी सबैसंग अपेक्षा राख्दछौं । सञ्चारको क्षेत्रबाट जिल्लामा पहिलो पटक स्थापना गरिएको उक्त पत्रकारिता पुरस्कारले जिल्लामा रहेर नियमित, उत्कृष्ठ र साहासिक पत्रकारिता गर्ने पत्रकारलाई ठुलो प्रेरणा पुग्नेछ भन्ने बिश्वास हामीले लिएका छौ । जस अनुसार यस पटकको पत्रकारिता पुरस्कार सामाजिक रुपान्तरणमा क्रियासिल दलित पत्रकार प्रबिर ददेललाई प्रदान गरिने घोषणा गर्दछौं ।
जिल्लामा हुने एक औपचारिक कार्यक्रमका बिच उक्त ५ हजार राशीको पुरस्कार प्रदान गरिने छ । अन्तमा, आहा सञ्चार यस बर्ष देखि जनशक्ति तथा पहुँच बिस्तार गरि गाउँगाउँमा पुग्ने लक्ष्य राखेको छ । त्यसका लागी तपाई पाठक तथा आम नागरिकले हाम्रो प्रकाशन क्रममा देखिएका कमजोरी, सुधार तथा थप गर्नुपर्ने पक्षमा प्रतिक्रिया दिई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । तपाईहरुले हाम्रो प्रकाशनलाई पछ्याईरहनु होला हामी तपाईका सरोकारका बिषयहरु पछ्याईरहने छौ । धन्यबाद ।
................
मेगराज खड्का
प्रकाशक/सम्पादक

0 comments:
Post a Comment