पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा नगरपालिकाको केन्द्र तोक्न वैकल्पिक जग्गाको खोजि गर्न भन्दै साउन २३ गते वडा न. ७ का वडा अध्यक्ष इन्द्रलाल शर्मा संयोजक रहेको भुगोल प्रतिवेदन समिति गठन गरियो । उक्त समितिले १ महिनाभित्र प्रतिवेदन पेश गर्ने अधिकार पाए पनि अहिलेसम्म पेश गर्न सकेको छैन् । यसै सम्बन्धमा समितिका संयोजक शर्मासँग संबाददाता डिल्ली खत्रीले गरेको कुराकानी ।
तपाईंको संयोजकत्वमा भुगोल प्रतिवेदन समिति बनेको ४ महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सक्नुभएको छैन्, अहिले यो समितिले के गरिरहेको छ ?
प्रतिवेदन पनि तयार पारिसकेका छौँ । यसबिचमा प्रतिनिधि र प्रदेश सभाको चुनावले गर्दा प्रतिबेदन पेश ढिला भयो । अब बस्ने नगर कार्यपालिको बैठकमा प्रतिवेदन पेश गर्छाैं ।
समितिले कुनकुन ठाउँको भुगोल प्रतिवेदन तयार पारेको छ ? अनि प्रतिवेदनमा उल्लेख भएकै ठाउँमा नगरपालिकाको केन्द्र बन्छ ?
हामीले वडा न. ११ को चौफा, ६ को शान्तिबजार र ७ को नार्जिमा रहेको जमिनको प्रतिवेदन तयार पारेका छौँ । जहाँसम्म नगर केन्द्रको कुरा छ यो प्रतिवेदनमा उल्लेख भएको ठाउँमा पनि हुन सक्छ । उल्लेख नभएको ठाउँमा पनि हुन्छ । हामीले वैकल्पिक जग्गाको छनोट गरेका हौँ । त्यो नगर कार्यपालिकाको बैठकबाट टुङ्गो लाग्छ ।
समितिले १ महिनाभित्र प्रतिवेदन पेश गर्ने अधिकार पाए पनि साढे ४ महिनासम्म पनि प्रतिवेदन पेश गर्न सकेन् । के तोकेको समयमा प्रतिवेदन पेश गर्न समिति असफल नै भएको हो ?
होइन प्रतिवेदन पेश गर्नेमा के सफल र असफल थियो र ? मैले अगाडि पनि भने हामीले प्रतिवेदन तयार पार्दा पनि चुनावले गर्दा पेश गर्न सकेनौं । अर्को कुरा ५ देखि १० बिघा जग्गा दान गर्ने जग्गादाता चाहिएकोमा त्यो पनि भेटाउन सकेनौं । त्यसपछि हामीले मुख्य मुख्य ठाउँको भुगोल छनोट गरेका छौँ त्यहिनुसार नै अब प्रतिवेदन पेश गर्छाैं ।
पहिलो जननिर्बाचित जनप्रतिनिधिले ६ महिनाभित्र केन्द्र र नाम बदल्न सक्ने कानुनी बन्देज थियो । ६ महिना समय बिताएर अहिले भएकै ठाउँमा केन्द्र राख्नलाई प्रतिवेदन पेश नगरेको भन्ने जनगुणासो छ नि ?
त्यसो होइन । मैले माथि भनेको कारणले नै प्रतिवेदन समयमा पेश गर्न नसकेको हो । फेरि जनप्रतिनिधिले ६ महिना भित्र नै केन्द्र र नाम बदल्न पाउने स्पष्ट कानुन छैन् । ६ महिना काटेपनि जनप्रतिनिधिले चाहेमा बहुमतिय वा सहमतिय दुबै प्रक्रियाबाट नाम र केन्द्र बदल्न सकिन्छ ।
अन्तमा, ५ महिनासम्म पेश नगरेको प्रतिवेदन अबको बैठकमा पेश गर्नुहोला त ?
अवश्य पेश गर्छौं । प्रतिवेदन तयार भइसकेको र अब त्यस्तो रोक्ने कुनै समय नभएकोले छिटै प्रतिवेदन पेश गर्छौं ।

2 comments:
It's not my first time to pay a quick visit this website, i
am browsing this website dailly and take nice facts from here all the time.
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison
Post a Comment