आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, February 3, 2017

लगानी र चेतनास्तर दुबै बढ्न आवश्यक छ

चन्द्र बहादुर केसी, अध्यक्ष, पर्यटन प्रवद्र्धन तथा बाताबरण संरक्षण केन्द्र रुकुम
पर्यटन प्रवद्र्धन तथा वातारण संरक्षण केन्द्र रुकुम बिशेषगरी जिल्लाको पर्यटन विकास र प्रवद्र्धका लागि स्थापना गरिएको संस्था हो । २०७१ सालमा स्थपना गरिएको यो संस्थाले बिभिन्न पर्यटन गतिबिधी गरिहेको छ । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति तथा पर्यटन संग सम्बन्धीत अन्य बिभिन्न संघसंस्था संग मिलेर रुकुम पर्यटन सूचना केन्द्र स्थापना गर्नु नै यस संस्थाको पहिलो मुख्य उपलब्धी हो । जसबाट जिल्लाका मुख्यमुख्य पर्यटकीय क्षेत्रहरुको जानकारी    राखिएको छ । 

रुकुम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले सदरमुकाम मुसिकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्रमा आएर जानकारी लिने र त्यस अनुसार घुम्ने गरेका छन । जसले गर्दा रुकुम घुम्न आउने पर्यटकहरुले छोटो समयमै    धेरै पर्यटनकीय क्षेत्रहरुमा घुम्न र जानकारी लिन सक्ने लिने गरेका छन । रुकुमको सानीभेरी तथा ठुलोभेरी नदिमा साहिसिक पर्यटन र्याफटिङको शुरुवात, जिल्ला बिभिन्न अग्ला लेकहरुबाट प्याराग्लाईडिङको सफल परिक्षण, रुकुम भ्रमण बर्ष २०७२, गुरिल्ला पदमार्गको प्रधानमन्त्रीबाट औपचारिक उद्घाटन जस्ता कार्यक्रम रुकुमको पर्यटन बिकास र प्रवद्र्धनका महत्वपुर्ण उपलब्धीको रुपमा लिन सकिन्छ । रुकुमका नदिहरुमा ¥यापटिङ, अग्ला लेकहरुमा प्याराग्लाईडिङ ं, युद्ध पर्यटन, सिस्ने, स्यार्पु ताल, कमल दह, डिग्रे शाईकुमारी मन्दिर, मुसिको शालिक लगायतका बिभिन्न पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन भएका पर्यटनले रुकुमको देशकै परिचय दिने मात्र नभएर रुकुमको अर्थतन्त्रमा समेत ठुलो भुमिका खेल्न सक्छ । जिल्ला विकास समिति रुकुमबाट रुकुम भ्रमण बर्ष २०७२ पनि धुमधामका साथ मनाईयो । यस क्रममा करिब ५ सय बिदेशी तथा ९ हजार बढी आन्तरिक पर्यटनहरुले रुकुमका बिभिन्न पर्यटकीय क्षेत्रमाहरुमा घुमेको हाम्रो रिपोर्ट बताउछ । जापान, जर्मन, अष्ट्रेलिया लगायतका देशरुबाट रुकुमका बिभिन्न पर्यटकीय क्षेत्रमा घुमेको पाईन्छ । रुकुमको पर्यटन बिकास गर्ने हो भने हामी रुकुमेली र सरकारले आआफ्नो क्षेत्रबाट धेरै सुधार तथा पहलका कार्यक्रमहरुमा जोडदिनु आवश्यक छ । शान्ति प्रकृया पछि रुकुम धेरै परिवर्तन र शान्ति र समृद्धिको बाटोमा भएपनि बिदेशी पर्यटकहरुले रुकुम द्धन्द्धको उद्गम थलो रहेको भन्दै त्यहा जाँदा असुरक्षा हुने आंकलन गरिहेका हुन्छन । रुकुम आउने बिदेश पर्यटकहरु पनि निकै चेकजाँच तथा बिभिन्न आफ्नो च्यानलहरुबाट बुझेर मात्र आउने गरेका छन । उनीहरुले रुकुमका बिभिन्न पर्यटकीय क्षेत्रहरुमा घुम्दा सुरक्षित हुने आधार पाउन सुकेका छैनन । 

जस्तो भखैरै गुरिल्ला पदमार्गको रुकुमको चुनबाङमा आएर प्रधानमन्त्री पुष्पकमल दाहाले घोषणा गर्नुभयो, निकै प्रचारप्रसार पनि भयो राष्ट्रिय मिडियाहरुमा  । तर पनि यो गुरिल्ला पदमार्गमा पर्यटकहरु घुम्दा कतिको सुरक्षित छ भन्ने कुरामा अझै पर्यटकहरु बिश्वास्त नहुँदा संभावना हुँदाहुदै पनि गुरिल्ला पदमार्गमा पर्यटकहरु हिड्न सकेका छैनन । त्यसका लागि सरकारले गुरिल्ला पदमार्गमा हिड्दा कुनै पनि पर्यटकहरु असुक्षित हुदैनन भन्ने कुरा जीम्मेबारी दिनुपर्छ तब मात्र रुकुमको गुरिल्ला पदमार्गले सोचे अनुसार फाईदा लिनसक्छ । त्यसैगरि जसरी गुरिल्ला पर्यटनको बाहिर प्रचार गरिएको त्यसैगरी स्थानीय स्तरमा पुर्बधारहरु तयार गरिएको छैन । पदमार्गको ब्यवस्थापन गर्दै यात्रामा आउने पर्यटकको लागि खाना तथा गाईडरको पनि हुनु आवश्यक छ । त्यसैगरी रुकुमको पर्यटन विकासको लागि गाउँगाउँमा होमस्टेको    अवधारणा बिकशित गर्नुपर्छ । जिल्ला विकास समिति रुकुमले खास आवश्यकता भएको क्षेत्रमा कनिका छर्ने र सदरमुकाममा रहेका होटल व्यवसायीहरुलाई मात्र होमस्टे तथा पर्यटन सम्बन्धी तालिम दिईरहेको पाउँछौ त्यसले गर्दा ग्रामिन स्तरको पर्यटन बिकास हुन सकिरहेको छैन । 

त्यसकारण रुकुमको समग्र पर्यटन विकासको लागि सरकारले ठुलो मात्रामा लगानी गरेर पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचनाहरु निर्माण गरेर सहयोग गर्नुपर्छ भने जिल्लाबासी आमजनताहहरले चेतनास्तर माथी उठाउनु आवश्यक छ । बिगतको युद्धको घाउ र मनोभावनालाई बिर्सेर विकास र समृद्धिको नयाँ सोच पलाउन आवश्यक छ । पर्यटकहरुले बिलासी जीवन प्रयोग गर्न नै बढी मन पराउछन ।        त्यसकारण रुकुम सम्म जोड्ने सडक कालोपत्रे गर्ने, हवाईजहाजलाई दैनिकजसो राजधानी तथा प्रमुख पर्यटकीय क्षेत्रहरुबाट सिधा रुकुममा जोड्न्, सञ्चारको विकास तथा आवश्यक प्रहरी पोष्ट स्थापना गरेर पर्यटकहरुलाई सुरक्षा प्रदान गर्नु आवश्यक छ । किनकी आन्तरिक तथा बाह्य पर्यटकहरु रुकुममा असुरक्षा छ अनी खुल्ला र स्वतन्त्र तरिकाले घुम्ने बाताबरण छैन भन्ने सोचाई र भोगाईका छन । 
 (कुराकानीमा आधारित)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |