आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 2, 2017

जीवन एउटा सुन्दर कृति जस्तो होस

मुसिकोट नगरपालिका १ खलंगामा जन्मिएका पशुपति केसी यातायात क्षेत्रका काम गर्छन । प्रबिनता प्रमाणपत्र तह सम्मको शिक्षा िलएका केसी हाल सिस्ने हिमाल बस तथा मिनिबस यातायात समिति रुकुममा काम गर्छन । ३४ बर्षिय केसी गीतसंगित सुन्ने, भ्रमन गर्ने र नयाँ नयाँ पुस्तक तथा पत्रपत्रिका पढ्न रुचाउछन । उनै केसीसंग आहा सञ्चार साप्ताहिकको नियमित स्तम्भ आहा टकका लागि सहकर्मी सुशिला गिरीले जीवन, प्रेम र दैनिकीसंग केन्द्रित रहेर गरिएको आहा कुराकानी

कसरी चल्दैछ तपाईको जीवन ?
सकारात्मक सोच र नियमित कामकाजबाट चलिरहेको छ ।
तपाई यो देश कस्तो भएको हेर्न चाहानुहुन्छ ?
शान्ति, विकशित, प्रगति र देशमा प्रशस्त रोजगारीका अवसरहरु भएको हेर्न चाहान्छु । जसले गर्दा नेपालीहरु बिदेशीनु नपरोस र आफ्नो श्रम र सिप नेपालमै खर्च गर्न सकुन । 
जीवनलाई तपाई कस्तो बनाउन चाहानु हुन्छ ?
एउटा सुन्दर कृति जस्तो होस जो मृत्यु पश्चात पनि जीवन्त रहिरहोस ।
तपाईलाई सबैभन्दा कसको डर लाग्छ ?
रोगको ।
आफु संग भएको कुन बानी मन पर्दैन ?
छिटै बिशवास गर्ने बानी ।
तपाई सबैभन्दा बढी खुसि कुन बिषयमा हुनु भयो ?
मन परेको ब्यक्तिसंग बैबाहिक जीवनमा बाँधिएर छोराछोरी जन्मदा ।
हजुर, सिस्ने हिमाल यातायात समितिमा पनि हुनुहुन्छ । समितिले के कसरी सेवा दिईरहेको छ ?
रुकुमेली जनताहरुलाई आरामदायी र गुणस्तरीय सेवा दिईरहेको छ । आनन्द र सुरक्षित मात्रका लागि हाम्रो समिति जहिले पनि हरबखत तयार र सक्षम छ ।
यातायात क्षेत्रमा काम गर्नुअघि तपाईले  घरपरिवारलाई सोध्नुभएको हो ?
हो, मैले कुनैपनि काम गर्दा घरपरिवारलाई सोध्ने गरेको छु । त्यो सबै ब्यक्तिले गर्न आवश्यक पनि छ । घरपरिवार नै मेरो सब थोक हो ।
तपाई के का लागि संघर्ष गर्दै हुनुहुन्छ ?
जीवन कसरी सुन्दर र सक्षम बनाउन सकिन्छ भनेर त्यस सगै रुकुमको यातायात क्षेत्रलाई थप कसरी व्यवस्थित गर्न सकिन्छ भनेर संघर्ष  गरिरहेको छु ।
अन्त्यमा जीवन हो हो ?
संघर्ष हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |