आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, February 1, 2017

देशकै ३ अस्पतालमा रहेको अत्याधुनिक मेसिन चौरजहारीमा

गोपाल रेग्मी
चौरजहारी
रुकुमको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको चौरजहारीमा अवस्थित चौरजहारी  अस्पतालमा अत्याधुनिक सीआर एक्सरे मेसिन द्धारा विरामीहरुको स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याईएको छ । रुकुम, सल्यान र  जाजरकोट लगाएतका जिल्लाको केन्द्रका रुपमा चिनिने अस्पतालले एक साता अघि देखि विशेष आत्याधुनिक  मेसिन द्धारा विरामीको स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । 
सीआर एक्सरे मेसिन सञ्चालनमा ल्याउने चौरजहारी अस्पताल जिल्लाको पहिलो अस्पताल हो भने नेपालकै तेस्रो अस्पताल भएको अस्पतालका प्रशासक डिल बहादुर गिरीले जानकारी दिए । उनका अनुसार यस्तै प्रकृतिका अन्य मेसिनहरु केहि ठुल्ठुला अस्पतालमा रहेको भएपनि अत्याधुनिक नयाँ प्रबिधि भने   चौरजहारी अस्पताल सगै देशका तिन अस्पतालमा मात्र छ । उक्त मेसिन नेपालको ओम र बिएण्डबि अस्पतालमा मात्र रहेको छ । जर्मनीको अग्फा हेल्थ केयरबाट उत्पादित नयाँ ब्राण्ड हो । उक्त सामाग्री नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल लाई अनुदानमा उपलव्ध गराएको हो । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालमा पाएको उक्त मेसिनहरु करिब ७० लाख रुपैयाँ वरावरको हो । विरामीहरुको स्वास्थ्य समस्यालाई पहिचान गरेर रोग निदानमा सहयोग पु¥याउने उद्देश्यले आधुनिक मेसिन सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासक गिरीले जानकारी दिए । अस्पतालमा बिशेष प्रकारको सीआर   ऐक्सरे मेसिन, डिआर डिजिटल एक्सरे, जनरल एनेस्थेसिया मेसिन र वायो केमेस्ट्रिक एनलाईजर मेसिन सञ्चालनमा ल्याईएको हो । सीआर एक्सरे मेसिन वाट विरामीको अप्रेशन गर्दा कम्प्युर मोनिटरमा भिडियो हेर्न मिल्ने सुविधा हुन्छ ।

जसको कारण विरामीहरुको अप्रेशन गर्ने भाग वा अंगको सफल र भरपर्दाे तरिकाले काम गर्न सजिलो हुन्छ । त्यस्तै डिआर डिजिटल एक्सरे मेसिन वाट हाडजोर्नी समस्या भएका विरामीहरुको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेको वारे थाहा पाउन सकिने सुविधा रहेको अस्तालका मेडिकल डाईरेक्टर डा. कालेव वुढाले जानकारी दिए ।

उनका अनुसार उक्त मेसिन वाट विरामीको शलयक्रिया गर्दा रड,  किला राख्न र निकाल्न सहज हुन्छ । अस्पतालमा उपलव्ध वायोकेमिस्ट्रिक एनलाईजर मेसिन वाट विरामीहरुको रगतमा भएको खरावी पत्ता लगाउन प्रयोग गरिन्छ । एनलाईजर मेसिनले मुटु, कलोजो, मृगौला र सुगर पत्ता लगाउन प्रयोग हुन्छ । त्यसैगरी अस्पतालमा प्रयोगमा आएको जनरल एनेस्थेसीया मेसिन विरामीहरको अप्रेशन गर्नुपुर्व वेहोस गराउन प्रयोग गरिने अस्पताल बताएको छ । अस्पतालमा आधुनिक मेसिन द्धारा विरामीहरुको उपचार सेवा सञ्चालनमा आए संगै विरामीहरुको चाप समेत वढेको छ । दैनिक १ सय देखी १ सय ५० जना विरामी आउने अस्पतालमा हाल  विरामीको संख्यामा वृद्धि भएको हो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |