मेगराज खड्का
रुकुम
बच्चाको नाम कतिखेर राखिन्छ तपाई हामी सबैलाई थाहा छ । बच्चा जन्मेपछि जोतिषीकहाँ गएर कुस्तो राशी र बर्ग भेटायो त्यहि अनुसार नाम राखिन्छ । तर रुकुमको एउटा यस्तो मन्दिर छ जहाँ जन्मनु भन्दा बर्ष दिन अघि नै पछि जन्मिने बच्चाको नाम राख्निछ । यो कुरा सुन्दा तपाईलाई बिश्वास लाग्दैन होला तर रुकुम बाँफिकोट ६ काडा स्थित बुराल बाबाको मन्दिरमा यस्तै गरिन्छ । त्यहाँ गएर सन्तान मान्ने जोडिहरुको पछि जन्मिने बच्चाको नाम पहिलै राखिन्छ ।
मन्दिरका धामी धुब्रराज केसीले मन्दिरमा सन्तान बरदानका लागी त्यहाँ पुग्ने जोडिलाई छोराछोरी जन्मिने समय र नाम पहिलै दिईन्छ । ‘यो सब बुरालबाबाको शक्तिले हो, धेरै निःसन्तान जोडिहरु यहाँ आएर बरदान मागेपछि सन्तान प्राप्त गरेका छन’ केसीले भने, ‘बुरालबाबाको शक्तिले जे देखिन्छ हामीले त्यहि भन्ने हो ।’ ६ बर्षसम्म बालबच्चा नभएपनि जहाँ दर्शन गरेका कारण सुकराम देवकोटा र संगिता देवकोटाको कोखबाट बिभब देवकोटाको बच्चा जन्मियो । उनको जन्मने पुत्रको नाम सन्तान दरदानका लागि मन्दिर गएको बेला बच्चा जन्मनुभन्दा एक बर्ष अघि नै राखिएको थियो । उनीमात्र होईन मन्दिरमा गएर दर्शन र सन्तान गरेका स्थानीय बिपि रिजालको १६ बर्ष पछि र बाँफिकोट ७, का चन्दा केसी र निराजन केसीको पनि त्यहाँ सन्तान बरदन मागेका कारण हालसालै छोरा जन्मिएको उनीहरु बताउछन । रुकुमको शाईकुमारी डिग्रे मन्दिर शक्तिपिठ पछिको बुराल बाबा शक्तिपिठ दोस्रो रहेको उनी दाबी गर्दछन । बराल बाबा जुम्लाको बुढु गाउँबाट आएको भन्ने ईतिहास छ । मन्दिरमा सर्बसाधरण देखि जिल्ला स्थित उच्च ब्यक्तित्वहरु पनि दर्शन तथा बरदनका लागि पुग्ने गरेका छन ।
जहाँ पुग्नाले मनले चिताएको पुग्ने सगै धन तथा सन्तान बरदान हुने भत्तजनहरुको जनबिश्वास रहेको छ । जहाँ पुगेका बिरामीहरुलाई बुरालबाबाको शक्ति मन्त्र सगै जडिबुटिबाट समेत उपचार गरिन्छ । तर बोक्सी लाग्ने कुरामा भने बुराल बाबाले बिश्वास गर्दैनन् । दैनिक २० देखि ३० जना सम्म आउने उक्त मन्दिरमा बिबाह भएको लामो समयसम्म निसन्तान भएकाहरु त्यहाँ धेर आउने गरेका छन ।
उक्त मन्दिर संरक्षण्को लागि जिल्ला विकास समिति लगायतका बिभिन्न निकायबाट बजेट परेका कारण मन्दिरको पुनःनिर्माण गरिएको स्थानीय गोपाल केसी बताउछन । उनका अनुसार यस बुरालबाबा शक्तिको थप प्रचारप्रसार गर्ने उदेश्यका साथ आगामी माघ १९ गतेबाट २५ गतेसम्म धार्मिक सप्ताह समेत लगाईदै छ ।
0 comments:
Post a Comment