आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, January 27, 2017

बौद्धिक परिक्षणको तेस्रो संस्करण बजारमा

आहा सञ्चार
रुकुम
प्रेम बहादुर बोहराद्धारा लिखित पुस्तक बौद्धिक परिक्षणको तेस्रो संस्करण बजारमा आएको छ । लोकसेवा आयोगका बिभिन्न पदहरुको तयारीका लागि उपयोगी उक्त पुस्तक छोटो समयमा पनि तेस्रो संस्करण बजारमा आएको हो । उक्त पुस्तक सोपान मासिकले प्रकाशन र मकालु प्रकाशन गृहले बितरणको जिम्मा लिएको छ । २०७२ माघमा पहिलो पटक प्रकाशित भएको पुस्तक २०७३ कार्तिकमा दोस्रो र माघमा तेस्रो पटक प्रकाशन भएको हो । 

लोकसेवा अध्ययन गर्ने बिद्यार्थीहरुले प्रकाशकले सोचेभन्दा बढी पुस्तक माग भएका कारण छोटो समयमा पनि तेस्रो संस्करण प्रकाशन भएको लेखक बोहराले जानकारी दिए । ‘करिब एक बर्षको अवधीमा नै तेस्रो संस्करण बजारमा आयो’ लेखक बोहराले भने, ‘यो पुस्तकले बिद्यार्थीहरुको मन तानेर त होला, तेस्रो संस्करण सम्म आईपुग्दा १० हजार बढी पुस्तक बिक्रि भईसकेको छ ।’ रुकुम स्यालापाखा स्थायी घर भएका लेखक बोहरा त्रिभुवन बिश्व बिद्यालयबाट गणित र राजनीतिशात्र बिषयमा स्नाकोत्तर गरेका छन ।

 ६ सय ६५ रुपैया पर्ने उक्त पुस्तकमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, अधिकृत क्याडेट, प्रहरी निरिक्षक र साहयक महिला विकास निरिक्षककाको परिक्षाको तयारीलाई ध्यानमा राखेर पुस्तकमा बिषयबस्तु समेटिएको लेखक बोहराले बताए । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |