रुकुम १७, पुस ः रुकुमका प्रकाशित आहा सञ्चार साप्ताहिक अब रुकुमको अग्रणी र प्रभावशाली पत्रिका मात्र नभएर जिल्लाको एकमात्र बर्गीकरणमा परेको पत्रिका पनि बन्न सफल भएको छ । प्रेस काउन्सिल नेपालले आर्थिक बर्ष ७१/७२ को सार्बजनिक गरेको पत्रपत्रिका बर्गीकरण नतिजामा आहा सञ्चार साप्ताहिक स्थानीय (ग) बर्गमा परेको पत्रिकाका प्रकाशक/सम्पादक मेगराज खड्काले जानकारी दिए । जिल्लाबाट ३ वटा पत्रपत्रिकाहरु प्रकाशन हुने गरेको भएपनि यसपटक अन्य कुनै पनि पत्रिका बर्गीकरणमा परेका छैनन् । बर्गीकरणले पत्रिकाको स्तर निर्धारण सगै सरकारी लोक कल्यानकारी बिज्ञापन सिधै सूचना बिभागबाट पाउने सुबिधा हुन्छ ।
बिगत ४ बर्ष देखि रुकुमबाट नियमित प्रकाशित आहा सञ्चार साप्ताहिक प्रकाशन शुरुवात क्रममा पनि एकमात्र समाचार प्रधान पत्रिका नै थियो । आहा सञ्चार अघि दुई दर्जन बढी पत्रपत्रिका दर्ता भएको भएपनि केहि बन्द र केहि अनियमित थिए । हाल रुकुममा दैनिक पत्रिका प्रकाशनमा छैनन् ।
हेर्नुहोस यस्तो छ नतिजामा अाहा सञ्चार साप्ताहिक ।
0 comments:
Post a Comment