आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, December 5, 2016

प्रहरीले ९ बजे नै होटलका सटर तान्दा अफ्ठेरो भएको छ

पछिल्लो समय रुकुममा शहरीकरणको विकास सगै होटल व्यवसाय पनि केहि फराकिलो भएर गईरहेको छ । जसका कारण पहिले सस्तो शुल्कमा जस्तोसुकै होटलमा बास बस्ने होटलका पाउनाहरु पछिल्लो समय महंगो होस तर सुबिधा सम्पन्न होटलहरुमा बस्ने संस्कार समेत बढ्दै गईरहेको छ । त्यसैगरी पछिल्लो समय जिल्लामा पर्यटकीय गतिबिधीहरु पनि बढिरहदा होटल व्यवसायीहरुका लागि समेत केहि सकारात्मक सन्देश दिईरहेको छ । रुकुममा हाल चलिरहेको होटल व्यवसाय, चुनौति, आगामी भबिश्य र होटल व्यवसाय र पर्यटनलाई कसरी संगसंगै जोड्न सकिन्छ भन्ने बिषयमा होटल शिशिर बसन्त भ्यू गेष्ट हाउसका सञ्चालक तथा रुकुम उद्योग बाणिज्य संघ रुकुमका सदस्य बसन्त खड्कासंग आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।

रुकुमको होटल व्यवसाय कसरी चलिरहेको छ ?
सामान्यतय भन्नुपर्दा रुकुमको होटल क्षेत्र व्यवसाय उन्मुख छ । पुर्ण रुपमा व्यवसायीकरण भएको अवस्था पनि छैन र पुर्ण रुपमा निर्बाहमुखि पनि छैन । भबिश्यको लागि रुकुममा होटल व्यवसायको संभावना राम्रो छ । त्यहि राम्रो संभावना भएका कारण नै हामी यो व्यवसायमा लागिरहेका छौ र लाग्न प्रेरणा दिईरहेको छ । तर चुनौति छैनन भन्ने छैन । रुकुमको होटल व्यवसाय प्रवद्र्धनका लागि धेरै चुनौतिहरुको सामाना गर्नुपर्ने छ । त्यसका कारण नै हालसम्म रुकुमको होटल व्यवसाय निर्बाहमुखि अली बढी छ । 

तपाईले चुनौतिको कुरा गर्नु भयो, कस्ता कस्ता चुनौतिहरु प्रमुख समस्याका रुपमा आएका छन ?
होटल व्यवसाय मात्र होईन सबै पेशा र व्यवसायमा अवसर संगसंगै चुनौतिहरु पनि हुन्छ । त्यसैगरी रुकुमको होटल व्यवसायमा पनि थुप्रैैं चुनौतिहरु छन । जसमा केहि तिनचार वटा चुनौतिहरुलाई रुकुमको होटल व्यवसायको समस्यामा अवरोध गर्नेको रुपमा लिन सकिन्छ । पहिलो कुरा जनशक्ति अभाब हो । रुकुममा राम्रो होटल सञ्चालन गरेर राम्रो सेवा दिने गरि काम गर्ने जनशक्तिहरुको निकै अभाब छ ।
होटलमा कुक, वईटर लगायतका अन्य व्यवस्थापनमा काम गर्ने जनशक्तिहरु पाउनु मुस्किल छ । केहि समय पाएपनि दिर्घकालिन रुपमा काम गर्नेगरेको हामीले पाउने गरेका छैनौं ।  दोस्रो कुरा लगानी पनि हो । होटलमा लगानी गर्न हिच्किचाउट भैरहेको छ । होटल व्यवासाय एउटा ठुलो उद्योग हो । त्यसका लागि लगानी पनि ठुलै चाहिन्छ । लगानी गरेर पनि तत्काल रुकुमको होटल व्यवसाय राम्रो संग फस्टाउने र मुनाफा आउने अवस्था पनि छैन । रुकुमको पाउना भनेका कार्यालय तथा कुनै बिशेष कामकाजले आउनेहरु मात्र हुन । रुकुम घुम्ने र अनी राम्रोराम्रो होटलमा बसेर रमाउनेहरु मुस्किलले थोरै पाउछौं । खासै रुपमा त्यस्ता पाउनाहरु हामीकहाँ आउदैनन् भनेपनि हुन्छ । अर्को कुरा सुरक्षा र स्वतन्त्रता पनि हो । 
रुकुमको प्रहरी प्रशासनले ९ बज्ने बित्तिकै होटलका सटरहरु बन्द गर्छ । जसले होटलमा खाना खाने, बास बस्ने र रमाउने पाउनुहरु संकुचित र अफ्ठेरो मान्नुहुन्छ । रेष्टुरेन्टका लागि त यो समय ठिकै होला तर लजको लागि यो समय उपयुक्त छैन । उहाहरणको लागि कहिले काँहि मेरो होटलमा एक सय जति पनि ग्राहकहरु आउछन तर तिनीहरु सबैलाई ९ बजे भित्रै खुलाउन सकिन्न । त्यस्तै प्रत्येक ग्राहकलाई सटर खोल्दै र बन्द गर्दै गर्दा निकै झन्झटिलो हुन्छ । 

होटल खोल्नपाउने समय सिमाको बिषयमा प्रहरी प्रशासन र होटल व्यवसायहरु बिच बसेर छलफल गर्नुप¥यो नी ?
हुनत यो समय पहिले पनि दुबै पक्षमा छलफलमा तय गरिएको हुनसक्छ । तर केहि बर्ष अघिको र पछिल्लो रुकुमको वाताबरण निकै फेरीएको छ । अहिले रातीबसहरु पनि चल्ने गरेका कारण यात्रुहरु राती अबेर देखि मध्य रातमा समेत  होटल खोज्ने गरेका छन । पछिल्लो फेरिएको परिस्थिती अनुसार छलफल हुन सकिएको छैन । मैले यसअघिका डिएसपी संग ब्यक्तिगत रुपमा केहि समय बढाउदा कस्तो हुन्छ भनेर सल्लाह गरेको थिए । उहाँ पनि सकारात्मक भई छलफल गरेर टुंग्याउला भन्नु भएको थियो तर केहि समय भित्रै उहाँको सरुवा भयो र त्यसपछि अहिले नयाँ डिएसपी आउनुभएको छ । उहाँसंग छलफल गरिएको छैन । 
सबै होटल व्यवसायहरुको साझा रायसुझाबका साथ छलपल गर्नुपर्छ की भन्ने योजना छ । होटलमा त खाना मात्र होईन हामी मदिरा पनि बेच्नुपर्छ । हामीले लाईसन्स लिएर मदिरा बेच्ने हो । मदिराको लाईसन्समा राती १० बजे सम्म बिक्रि बितरण गर्न पाईने भनेको हुन्छ तर रुकुमको प्रहरीले ९ बज्नै आटेपछि सटर बन्द गरिहाल्छ  । जसले गर्दा उक्त व्यवसाय पनि प्रभाबित भैरहेको अवस्था छ । हुन त प्रहरीले शान्ति सरक्षाको लागि त्यसो गरेको होला तर पनि हामी व्यवसायहरुले पनि होटलमा        जाँडरक्सी खाएर भैmझगडा होस भन्नु कसैको चाहाना हुदैन । हाम्रो होटल शान्त र मर्यादित होस भन्ने नै चाहान्छन र सक्दो शान्तपुर्बक होटल चलाउन प्रयास पनि गरिरहेका हुन्छन । 

रुकुमको होटल र पर्यटन व्यवसायलाई संगसंगै थप प्रवद्र्धन गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
रुकुमको होटल र पर्यटन व्यवसायलाई फस्टाउन हामी व्यवासायी र सरकार दुबैले एउटा योजना बनाएर लाग्नुपर्छ । त्यो भनेको रुकुमको भौतिक संरचना, यातायात, सञ्चार सगै खानेपानीको अवस्थालाई पनि सुधार गर्न आवश्यक छ । जवकी मानबीय तथा प्राकृतिक रुपमा चिटिक्क परेमा मात्र आन्तरिक तथा बाह्य पर्यटकहरु रुकुममा आउछन ।
जसले गर्दा होटल व्यवसाय संगै पर्यटन प्रवद्र्धनमा ठुलो सघाउ पु¥याउछ । त्यसका साथै हामी व्यवसायीहरुले पनि राम्रो सेवा तथा परिकार खुवाएर पाउनाहरुलाई पटकपटक पल्काउने वाताबरण गर्नुपर्छ । तर रुकुमको होटल व्यवसायको लागि आवश्यक कच्चापदार्थ दाङ तथा नेपालगञ्जबाट ल्याउनुपर्ने अवस्था छ । त्यसलाई पनि सहज उपलब्ध हुने खालको अवस्था भयो भने झनै राम्रो हुने देखिन्छ । रुकुममा सिस्ने हिमाल, स्यार्पु ताल, कमल दह, डिग्रे शाईकुमारी मन्दिर सहितका अन्य संभाबित पर्यटकीय स्थलहरु पनि छन । 
त्यसको प्रचारप्रसार र प्रवद्र्धनको लागि पनि सम्बन्धित निकायहरुले आआफ्नो ठाउँबाट सहयोग गरेमा स्वःत होटल व्यवसाय पनि फस्टाउछ र हामीले पनि रुकुममा आएका पाउनाहरुलाई सेवा गर्ने अवसर पाउछौं । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |