रुकुम
बिगत ७ बर्ष देखि संगित क्षेत्रमा छिरेका रुकुम पश्चिमका आधुनिक गायक कृष्ण केसी ४ वटा फुटकर गित गाएपछि अहिले ५ वटा गितले भरिएको एल्बम निकाल्ने तयारीमा जुटेका छन ।
देश भक्ति देखि माया प्रेम सम्मका भाब भरिएको उक्त एल्बममा दर्शक हसायो धुर्मुस दाईले केटि फसायो पल्सर बाईकले, फुरफुर पुतली नाच्ने देश मेरो नेपाल, तिमि बिना जीउन मलाई तिमी बिना भन्ने जस्ता गीतहरु रहेका छन । गायक केसी फागुन सम्म यो एल्बम बजारमा ल्याउने तयारीमा जुटेका छन । उनका अनुसार एल्बमको आधा काम सम्पन्न भैरहेको छ ।
राज श्रेष्ठको शब्द, बसन्त सापकोटाको संगित रहेको तिम्रो छेउमा आईरहुँ गीतबाट संगितमा छिरेका उनी अहिले भारतको लखनउमा संगित क्षेत्रमा अध्ययनरत छन । सो एल्बम निस्केमा आधुनिक एल्बम निकाल्ने जिल्लाको पहिलो गायक हुने उनको दाबी छ ।
0 comments:
Post a Comment