बुवा बुद्धिराम बि.क. र आमा अस्मिता बि.क.बाट वि.सं. २०५२ साल असोज २८ गते रुकुम जिल्ला मुसीकोट नगरपालिका वडा नं. ९ साँखमा जन्मेकी गीतकार तथा संगितकार कमला बि.क. वि.सं. २०७२ सालदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेको वताउँछिन् । आफू कलाकार क्षेत्रमा प्रवेश गर्नुको सबै श्रेय गायक तथा संगीतकार अमितबाबु रोकायलाई ठान्ने कमला बि.क. सुख दुःखमा साथ दिने बाग्लुङ कालिका म्यूजिक कम्पनीलाई पनि हृदयदेखि सम्झन चाहान्छिन् । गीतकार तथा संगीतकार बिक.ले शब्द संगित गरेका संक्रान्ति मेलैमा, तिम्रै फोटो चुम्छु काले, मेरो कोही छैन जस्ता गीतहरु सर्वत्र बजारमा उपलब्ध छन् । घर परिवार, आफन्तजन, साथीभाईहरुको हौसला र प्रोत्साहन मिलेको बताउने कमला बि.क. अब निरन्तर कलाकारिता क्षेत्रमा नै जीवन विताउने अठोट लिएकी छिन् । उनैसँग आहा सञ्चार साप्ताहिक पत्रिकामा नियमित रुपमा प्रकाशित हुने लोकप्रिय स्तम्भ “आहा टक”का लागि राम वि शाम (साधक) ले गरेको कुराकानी ।
कसरी चल्दैछ जीन्दगानी ?
जसोतसो ।
तपाईको जीन्दगी कसका लागि ?
मेरो जीन्दगी मेरै लागि ।
किन बाँचिरहनु भएको छ ?
केही गरेर देखाउनका लागि ।
आमाबुवालाई त बेलाबेलामा रुवारहनु हुन्छ रे नी ?
नाई, नाई । आजसम्म मेरो कारणले आमाबुवालाई रुनु परेको छैन र म रुवाउन पनि चाहान्न ।
जीवनमा के बन्छु भनेर दौडधुप गरिरहनु भएको छ ?
एउटा सक्षम कलाकार बन्छु भनेर ।
कलाकारिता जीन्दगीले घर घडेरी जोड्न पुग्छ त ?
कलाकारिता जीवन मेरो लक्ष्य हो । जे पर्छ, त्यसमै मन बुझाउँछु ।
आजका दिनसम्म कति बनाउनु भयो ? प्रेमीहरु ।
एउटा पनि छैन ।
किन नपाएर की नचाहेर ?
नचाहेर ।
खाएको र पीएको जस्तै सेक्सलाई पनि स्वभाविक ठानिनुपर्छ भन्ने कुराको पक्षमा की विपक्षीमा ?
मैले अहिलेसम्म सेक्सको सम्बन्ध राखेको छैन त्यहि भएर होला मलाई केही पनि थाहा छैन त्यसैले म यसको विपक्षमा छु ।
जीवनमा धेरै रुनुभएको छ की हाँस्नुभएको छ ?
रोएकी छु ।
यो संसारमा के भईदिए हुन्थ्यो जस्तो लाग्छ ?
दुःख कष्ट कहिल्यै नआईदिए हुन्थ्यो जस्तो लाग्छ ।
मानौँ, तपाईलाई भगवानले पाँच तोला सुन उपहार दिनुभयो भने के गर्नुहुन्छ ?
खुशी हुँदै भगवानलाई धन्यवाद दिन्छु ।
रुकुम जिल्ला भित्रका तपाईले सम्झनै पर्ने पाँच जना व्यक्तिहरु ।
अमितबाबु रोकाय, जमुना शेर्पाली, मोति मुस्कान, काशिराम गुर्ताल र हरि परियार
तपाईको अनुभवमा जीवनलाई कसरी अथ्र्याउने गर्नुभएको छ ?
जीवन भनेको कर्कलाको पानी हो ।
2 comments:
तपाईंले अाँटेको पुगोस सुनेर साथदिने स्रोता हामी छंदैछौ ।सफलताको शुभकामना ।।
अाहा कुराकानी
राम वि शाम जी को प्रश्न सोध्ने शैलीलार्इ सलाम ।
Post a Comment