दिपक बोहरा
आर्थिक बर्ष २०७२/०७३ मा रुकुममा २१ ओटा नयाँ सहकारी दर्ता भएका छन । दर्ता भएका अधिकांस कृषि, बिद्युत र पशुपालन सहकारी रहेको डिभिजन सहकारी कार्यालय दाङले जानकारी दिएको छ ।
त्यसैगरी कार्यालयका अनुसार राप्ती अञ्चलभर ९९ नयाँ सहकारी संस्था दर्ता भएका छन जसमा दाङमा २८, रोल्पा २१, प्युठानमा १५ र सल्यानमा १४ सहकारी संख्या दर्ता भएका हुन । जसमध्ये १८ वटा बहुदेश्यीय सहकारी दर्ता भएका छन । जसमा रोल्लामा ९, सल्यानमा ५, प्युठानमा ३, दाङमा एउटा मात्र बहुउदेश्सीय सहकारी दर्ता भएका छन । त्यस्तै कृषि तथा साना किसान सहकारी संस्था अन्र्तगत प्युठान र सल्यानमा ३/३, रोल्पामा र रुकुममा २ /२ र दाङमा एउटा कृषि तथा साना किसान सहकारी संस्था दर्ता भएको बताईएको छ ।
गत आर्थिक बर्षमा ७ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता भएका छन । रोल्पा र सल्यानमा ३/३, दाङमा एउटा तथा रुकुम र प्युठानमा एउटा पनि बचत तथा ऋण सहकारी संस्था दर्ता भएका छैनन् भने रुकुममा एउटा बिद्युत र एउटा पशुपालन र रोल्पामा एउटा जडिबुटी सहकारी संस्था दर्ता भएको छ ।


10:05:00 PM
www.aahasanchar.com






0 comments:
Post a Comment