रुकुम
प्रहरी मेरो साथी भन्ने अभियान नेपाल प्रहरीले केहि दिन अघि देखि चलाएको त तपाईलाई थाहा नै होला । रुकुम जिल्लामा पनि एक कार्यक्रमको आयोजना गरि प्रहरी मेरो साथी अभियानको शुभारम्भ भएको थियो । अभियान शुरु भएको केहि साता मै एउटा गतिलै काम देखिएको छ । त्यो प्रहरी मेरो साथी होईन की प्रहरी पत्रकारलाई दुव्र्यहार गर्ने साथीको रुपमा । जीप दुर्घटनामा परि घाईते भएकाहरुको अवस्था बुझ्न रिपोटिङका लागि जिल्ला अस्पताल सल्ले रुकुम गएका जिल्ला स्थित केहि पत्रकारहरुलाई त्यहाँ रहेका प्रहरीहरुले दुव्र्यहार गरेको भन्दै नेपाल पत्रकार महासंघ रुकुमले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । आज एक प्रेस बिज्ञप्ती जारी गर्दै दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग समेत गरिएको छ ।
अध्यक्ष गणेश चिन्तनद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा बिमानस्थल सुरक्षा गार्ड ईन्चार्ज सुरेन्द्र कार्कीले घाईतेहरुको तस्बिर लिन गएका नेपाल पत्रकार महासंघ रुकुमका सहसचिब तथा नयाँ पत्रिका दैनिकका संबाददाता हरि गौतम, महासंघका सदस्य तथा राजधानी दैनिकका संबाददाता महेश केसी, नागरिक दैनिक संबाददाता गणेश बिक, रेडियो सानीभेरी रुकुमका संबाददाता धनकुमार शाहीलाई गेटबाटै भित्र जान नमिल्ने भन्दै सञ्चार सामाग्री सहित गैरजीम्मेवारपुवर्क गेटबाटै धकेकी रिपोटिङमा अवरोध गरेका हुन ।
प्रहरीको बलजप्तीका कारण पत्रकारहरुको सञ्चार सामाग्रीमा क्षति समेत पुगेको छ । यसैबिच जिल्ला स्थित पेशागत संघसंगठनहरुले पनि सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सहि र सरल तरिकाबाट सूचना दिनुपर्ने प्रहरीबाटै उल्टै पत्रकारहरु दुव्र्यहार पर्नुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई तत्काल कडाभन्दा कडा कार्वाही गर्न माग गरिएको छ । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस सोसाइटिले सयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गरेका हुन ।
हेर्नुहोस यस्तो छ बिज्ञप्ती
0 comments:
Post a Comment