आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 31, 2016

आहा ः तपाईको सूचना अधिकारको साथी

रुकुमबाट प्रकाशित अग्रणी र प्रभावशाली छापा माध्यम आहा सञ्चार साप्ताहिक आफ्नो यात्राको चौथो बर्ष देखि झन ठुलो र झन आहाका साथ मात्र नभएर तपाईको सूचना अधिकारको साथी बनेर समेत आफ्नो अभियान शुरु गरेको छ । यो गौरवमय अवसरमा सहयोग र सहकार्य गर्ने सबैसबैमा हामी यस पटक पनि पुनः धन्यबाद र सहयोग निरन्तरताको अपेक्षा समेत गर्दछौं । जिल्लाका बिभिन्न निकायहरुबाट आहा लाई रुकुमेली छापा सञ्चारको उच्च तलमा मुल्याङकन गर्ने गरिएको छ । त्यसकारण पनि आहा सञ्चार अझ झन आहा र अझ बलियो रुकुमको स्थापित पत्रिकाको नाम हुन गएको छ । हामीले पत्रिका प्रकाशनको पहिलो यात्रा रेडियो सानीभेरी रुकुमको समाचार कक्षमा बसेर काम गरेका थियौ भने त्यस पछि हामीले आफ्नै कार्यालय स्थापना  गरेर हाम्रो यात्रा जारी राखौं । यस आर्थिक बर्ष देखि आहा सञ्चार थप व्यवस्थित कार्यालयका साथ हामीले नयाँ स्थानमा सरेर  अझै संस्थागत स्तरबृद्धि गरि अगाडि बढ्ने सोचमा लागिपरेका छौं । त्यसरी नै पत्रिका सामाग्रीहरुलाई पनि पाठकमुखिका रुपमा विकास गर्दै लैजाने छौं । त्यस्तै सन्तुलित समाचार, बिश्लेषण, बहुआयामिक बिचार सगै स्वस्थ्य मनोरञ्जन तर्फ हामी केन्द्रित रहने छौं । त्यस्तै बिगतको राम्रो सम्पादकीय नीतिलाई निरन्तरता दिदै आगामी दिनहरु अझ बढी बिश्वासनीय बनाउन अधिकतम पहल  गरिने छ । त्यस्तै बिश्व समुदायहरुको पहुँच हुने अनलाईन संस्करणलाई पनि अझ अपडेट, अझ भरपर्दो डिजिटल सञ्चारको रुपमा अभिबृद्धि गर्दै लैजाने छौं । बिगतहरुमा झै तपाईहरुको साथ आगामी दिनहरुमा पनि निरन्तरता होस । नेपालको राजनैतिक अस्थिरताका कारण पत्रकारिता क्षेत्र बेलाबेला चुपुवा र संकटमा पर्दै आईरहेको छ । जनताको सूचना अधिकारका लागि काम गर्ने पत्रकार र सकेसम्म सूचना लुकाउने बिभिन्न अन्य निकाय बिचमा हुने क्रियाकलाप नै पत्रकारीता क्षेत्र माथीको संबेदनशिलता नबुझ्नु नै हो । त्यसकारण सूचना पाउने जनताको अधिकार र जनताको सूचना अधिकारमा आहा सञ्चार आगामी दिनहरुमा झनै तिब्र गतिमा अगाडि बढ्ने समेत जानकारी गराउदछौं । बिश्वको सर्बमान्य मान्यता भनेकै पत्रकारिता क्षेत्र राज्यको चौथो अंग हो । यो अंग राज्यका अन्य तिन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा भईरहेको राम्रा कुराहरुको देखि त्यहाँ भएका नराम्रा कुराहरुको आलोचना गरि सुधार गर्न प्रेरित गर्ने अंग हो । हाम्रो आगामी यात्रा पनि त्यहि चौथो अंगको भूमिका निभाउनमा नै केन्द्रित हुनेछ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |