आमा मुवादेवी परियार र बुवा कालीबहादुर परियारबाट २०४५ साल जेठ २० गते गरायला ३, रुकुममा जन्मेका तिलक परियारले दुःख पाई छौ रे भन्ने बोलको गीतबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेको वताउँछन् । स्नातकोत्तर अध्ययनरत गायक परियारले हालसम्म तीन दर्जन भन्दा बढी गीतहरुमा स्वर दिईसकेका छन् । सुनको भमरा बोलको गीतबाट एकाएक चर्चा बुटुलेका गायक तिलक परियारले स्वर दिएका चर्चित गीतहरु दुःख पाईछौरे, सुनको भमरा, सुन हजुर, रिम्ना दोभान, क्या राम्री रैछ नी, तिम्रो मन दुख्न दिन्न सानु, जे गर्नु यहाँ त धनले गर्दो रैछ आदि रहेका छन् । तीनै गायकसँग आहा सञ्चार साप्ताहिकका लागि राम वि शाम (साधक) गरेको कुराकानी ।
सांगीतिक जीवनले तपाईलाई कसरी जीईरहेको छ ?
अहिलेसम्म खुशी नै बनाईरहेको छ ।
आमाबुवाको सपना त सरकारी जागिर खानुपर्छ भन्ने थियो रे नी, किन आमाबुवाले भनेको नमानेको त ?
कलाकारिता मेरो सानैदेखिको रहर हो । आमाबुवाको सल्लाह, सुझाव बमोजिम नै आज म यो स्थानमा छु ।
कलाकारको त जीवन नै होईन भनेर समाजले भन्ने गरेको पाईन्छ नी ?
समाजले त के के भन्छ, भन्छ । तर म यो कुरालाई मान्दिन । आफूले चाहेको क्षेत्रमा संघर्ष गर्ने हो भने अवश्य एकदिन सफलता मिल्छ । यो कुरा समाजले विस्तारै बुझ्दै जान्छ ।
कतिलाई भन्नु भयो र कति जनाले भने तिमी विना मर्छु भनेर ?
हा...हा....हा..... धरोधर्म मैले आजसम्म कसैलाई पनि तिमी विना मर्छु भनेको छैन । तर मलाई चाहिँ दुई तीन जनाले भनेको सुनेको छु ।
अहिलेसम्म कति जनासँग सेक्सको सम्बन्ध राख्नुभएको छ ?
यो उमेरको परिपक्वतासँगै दुवै पक्षको ईच्छा अनुसार हुने प्राकृतिक नियम हो । यति उति भनेर भन्नै पर्छ जस्तो मलाई लाग्दैन किनकी यो मेरो मनको कुरा हो ।
सेन्तेरेमसँग कत्तिको चिनजान छ हजुरको ?
सेन्तेरेमलाई चिन्छु, अरुको संगत गरेको पनि देख्छु तर मैले प्रयोग गरेको छैन ।
विवाह गर्ने प्रचलनलाई कसरी बुझ्नुहुन्छ ?
मेरो विचारमा विवाह गर्नु मान्छेको विकाससँगै प्राकृतिक सन्तुष्टि र सन्तान उत्पादनको लागि हो ।
भूतले तर्साएको बेला भगवानको नाम लिएको त्यस्तो कुनै क्षण छ ?
त्यस्तो कुनै क्षण छैन र म अन्धविश्वासको विपक्षमा छु ।
पैँसाको महत्व कत्तिको ठान्नुहुन्छ ? मान्छेको जीवनमा ।
मान्छेको जीवनमा पैँसाको महत्व धेरै छ तर सबैथोक पैँसा होईन ।
मानौँ, अर्बपति ससुराले म तपाईलाई मेरी छोरी दिन्छु तर तपाईले कलाकारिता पेशा छाड्नुपर्छ भन्नुभयो भने तपाई के गर्नुहुन्छ ?
मेरो पेशा प्रति खुशी हुनुहुन्न भने म उहाँको छोरी कुनै हालतमा पनि ल्याउँदैन । मलाई कलाकारिता क्षेत्र नै अर्ब भन्दा कयौँ भन्दा ठूलो छ ।
एउटा कलाकार भएको हैसियतले कलाकारिता विषयमा सरकारलाई भन्न मन लागेको मनको कुरा ।
हामी कलाकार आफ्नो कला, सिर्जनाको साथ गाउँ समाज हुँदै देश परिवर्तन गरिरहेका हुन्छाँै । हामीलाई खाली गहना हुन् भन्दै मनपरी तरिकाले प्रयोग गरेको देख्दा साह्रै दुःख लाग्छ । बरु अब कलाकारलाई राज्यको अंगको रुपमा राखेर हामीले तयारी गरेका गित सुने, हेरे वापत केही पैँसा काटेर सम्बन्धित कलाकारको हातसम्म पुग्ने सहज माध्यमको व्यवस्था गरिदियोस । यतिसम्म गरे यो क्षेत्रमा आउने पुस्तालाई पनि सहज हुने थियो ।
रुकुम जिल्ला भित्रका तपाई नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ।
चित्रबहादुर परियार, रगविर परियार, भिमबहादुर नकाल, लक्ष्मण ओली र दिनेश गुरुङ
जीवनलाई कसरी परिभाषित गर्ने गर्नुभएको छ ?
स्वतन्त्र पुर्वक आफ्नो ईच्छा, आकांक्षा पूरा गर्दे बाँच्नुलाई जीवन ठान्दछु ।
अन्तमा तपाईलाई भन्न मन लागेको कुरा ।
मनका कुराहरु राख्ने मौका दिनुभएकोमा भाई राम वि शाम (साधक) र आहा सञ्चार पत्रिका परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ।
0 comments:
Post a Comment