आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 2, 2016

सडक डिभिजन चौरजहारीका ईन्जिनियर मृत फेला

मेगराज खड्का
रुकुम १८, साउन
सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका ईन्जिनियर भुवन खडका मृत फेला परेका छन । गएराती खाना खाएर सुतेका ५३ वर्षिय खडका कोठामै मृतअवस्थामा फेला परेका हुन । 
चौरजहारी नगरपालिका २, घारीगाउँमा स्थित कार्यालयको क्वाटरमा बस्दै आएका खडकाको मृत्युको कारण पत्ता लागेको छैन तर उनलाई ब्लडप्रेसरको समस्या रहेको आफन्त लाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ । उनको स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका ५, चिसापानी सुर्खेत रहेको बताईएको छ । आफन्तहरु नआउदा सम्म शव नचलाउने भन्ने खवर आएकोले प्रहरीले शवको सुरक्षा गरीरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका सहायक प्रहरी निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए । 
उनका अनुसार आफन्तहरु साँझसम्म चौरजहारी आईपुगे पछि शवको मुचुल्का उठाएर घरपरिवार लाई वुझाउने प्रहरीले वताएको छ ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |