सुवास वटाला
आठबिसडाँडागाउँ
जिल्ला खुल्ला दिसामुक्त घोषणा भई पुर्ण सरसफाईका अभियानका चलिरहेको बेला जिल्लाकाे एक कार्यालयमा भने शौचालय बिहिन पाईएको छ । रुकुमको आठबिसडाँडागाउँ ४, गोईरीको स्वास्थ्य चौकी शौचालय बिहीन भएको छ । कार्यालयको शौचालय बर्षातका कारण ढलेपछि शौचालय बिहीन भएको हो ।
आफ्नो शौचालय नहुँदा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई समस्या भएको छ । हाल स्थानीय जनकल्यान माबिको शौचालय प्रयोग गरेर काम चलाउने गरिएको स्वास्थ्य चौकी प्रमुख विबेक बिएमले जानकारी दिए । उनका अनुसार कार्यालयको शौचालय मात्र नभएर कार्यालय भवन नै जीर्ण भई बिरामीहरुलाई चेकजाँचमा समेत समस्या भएको छ । बर्षात सकिए लगतै जिल्ला स्थित बिभिन्न संघसंस्था तथा अन्य निकायबाट पहल गरि शौचालय तथा भवन मर्मत गरिने छ ।
0 comments:
Post a Comment