आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, August 15, 2016

छिन्चु जाजरकोट सडक खण्डमा मनपरि भाडादर

इन्द्र बहादुर बुढाथोकी 
जाजरकोट ३१, साउन
छिन्चु जाजरकोट सडक खण्डमा सञ्चालित यातायात व्यावसायीहरुले याुत्रहरुबाट मनपरि भाडा असुल्ने गरेको पाईएको छ । यातायात व्यवस्था बिभागले गत साउन ४ गते गरेको निर्णय अनुसार प्रतिकिलोमिटर २.५ रुपैयाँ तोके पनि यातायात व्यवसायीहरुले भने प्रतिकिलोमिटर ३ देखि ५ रुपैयाँ सम्म लिने गरेको पाईएको छ । व्यवसायीहरुले बाहिर देखाउने निर्णय एउटा गरेको भएपनि आन्तरिक छुट्टै अर्को तरिकाले भाडादर असुल्ने गरेका हुन । 
               यात्रुहरुले राज्यले दिएको सुबिधा पाउनु पर्छ भनेर प्रश्न गर्दापनी  कार्यक्षेत्रमा खटिएका कर्मचारीहरुले माथिको आदेश भन्दै मनपरि भाडा लिने गरेको जाजरकोट खलंगा माधब प्रसाद शर्माले बताए । यातायात व्यवसायीको मनपरी तरिकाले भाडा असुल्दा कहिले सम्म यात्रुहरुले दुख पाउने हुन र यस्तो मनपरी राज्यले कहिले अन्त्य गर्ला भनी पर्खेर बसिरहेका छन । जनताले सुख र राज्यको मापदण्ड अनुसार कहिले यात्रा गर्न पाउलान् भनी पश्न गर्छन  अर्का यात्रु देबिलाल आचार्य । यस सडक खण्डमा अहिले भेरीगंगा, मध्यपश्चिम, र भेरिराप्ती यातायातका ९ वटा गाडिहरु सञ्चालनमा छन । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |