आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, July 30, 2016

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा मुसीकोटमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले हरि गौतमलाई उपाध्यक्ष, गणेशकुमार सिर्पालीलाई सचिव, देवकुमार ओलीलाई सह सचिव र नारायण ओलीलाई कोषाध्यक्षमा चयन गरेको छ ।
 समितिको सदस्यहरुमा मोहन विसी, डिल्लीबहादुर खत्री, मनिष खड्का, कर्मशाही घर्ती, प्रकाशशाही घर्ती, प्रमिला बुढा, मानबहादुर वटाला, दिपक गौतम, नन्दराम ओली, श्रीकृष्ण बुढा, गोविन्द पुन, सत्यबहादुर खत्री, कस्तुप नेपाली, गोपालसिं खड्का, पवित्रा खड्का र अभिराज ओली चयन भएका छन् । 
त्यस्तै प्रदेश प्रतिनीधिको पनि सम्मेलनले चयन गरेको छ । जसमा देबकुमार ओली, नारायण ओली, दिपक गौतम, मोहन बिसी, डिल्ली खबी, मानबहादुर बटाला, कस्तुप नेपाली, गोपालसिं खड्का, गोबिन्द पुन, सत्य बहादुर खत्री, प्रमिला बिएम र अमित पुन रहेका छन । सम्मेलन उद्घाटन समारोहमा प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यालय सदस्य लक्ष्मी पुनको प्रमुख आतिथ्यता केन्द्रिय सदस्य ध्रवविक्रम बुढाथोकी, नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा अनल, जिल्ला सम्मेलन आयोजक समिति सदस्य भूपालसिं ओली, नेपाल पत्रकार महासंघ रुकुमका कार्यवाहक अध्यक्ष आदर्श केसी, प्रेस युनियनका सचिव दिनेश खड्का, प्रेस चौतारीका सचिव महेश केसीको आतिथ्यता रहेको थियो । 
वीरबहादुर मल्लको अध्यक्षतामा भएको सम्मेलनको सन्चालन गणेश सिर्पालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य मेगराज खड्काले राख्नुभएको थियो । 
पुरस्कार वितरण 
यो वर्षको प्रेम–समर शाहसिक पत्रकारीता पुरस्कार वरिष्ठ पत्रकार सचिन रोकालाई प्रदान गरिएको छ । 
तत्कालिन नेकपा माओवादी माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धका क्रममा राज्यपक्षवाट मारिएका रुकुमका पत्रकारहरु प्रेम र समर को सम्झनामा प्रेस सेन्टर नेपाल रुकुमले १ लाख ११ हजार १ सय ११ रुपैयाको कोष स्थापना गरेको छ । उक्त कोषवाट पहिलो वर्षको पुरस्कार पत्रकार सचिन रोकालाई ५ हजार ५ सय ५५ नगत सहित सम्मानपत्र द्धारा सम्मान गरिएको हो । 
शाहसिक पत्रकारीता गर्ने क्रान्तिकारी पत्रकार मध्यवाट हरेक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिने प्रेस सेन्टर नेपाल रुकुमले जानकारी दिएको छ । 
संगठनको चौथो जिल्ला सम्मेलनको अवसर पारी पत्रकार रोकालाई पुरस्कृत गरिएको हो । संगठनले शहिदहरु प्रेम र समरका परिवार तथा संगठनका संस्थापकहरुलाई पनि सम्मान गरेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |