आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, July 27, 2016

प्रेमसमर साहसिक पत्रकारिता पुरस्कार रोकालाई

मेगराज खड्का
रुकुम 
प्रेस सेन्टर नेपाल रुकुमले स्थापना गरि पहिलो पटक प्रदान गर्न लागेको प्रेमसमर साहसिक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार सचिन रोकालाई प्रदान गरिने भएको छ । रोकाले बिषेशगरी युद्धपत्रकारिता मार्फत नेपाली पत्रकारितामा पुर्याएको योगदानलाई कदर गर्दै चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर रुकुम सम्मेलन आयोजक समितिका संयोजक बिरबहादुर मल्लले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टर रुकुमको केहि दिन अघि बसेको बिस्तारित बैठक तथा एकता भेलाको बैठकले रोकालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । संगठनले अब प्रत्येक बर्ष साहसिक, सशक्त, प्रभाबकारी र निरन्तर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिने बताईएको छ । प्रेस सेन्टर रुकुमको चौथो जिल्ला सम्मेलन भोली (साउन १४ गते) हुदैछ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |