रुकुम ७, साउन ः प्रेस सेन्टर रुकुमको चौथो जिल्ला सम्मेलन यहि साउन १४ गते गर्ने निर्णय गरिएको छ । सदरमुकाम खलंगामा आज बसेको संगठनको बिस्तारित बैठक तथा एकता भेलाबाट उक्त निर्णय गरिएको हो ।
जस अनुसार बिर बहादुर मल्ल संयोजक रहेको ३५ सदस्सीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । सम्मेलनले २ बर्षको लागि नयाँ नेतृत्व चयन सगै नयाँ नीति तथा कार्यक्रमहरु पनि पारित गर्ने छ । । भेलाले सम्मेलन सफल पार्न बिभिन्न उपसमितिहरु पनि गठन गर्दै नयाँ सदस्यता बितरण र नबिकरणलाई जोड लिने निर्णय पनि गरेको छ । जस अनुसार प्रतिबेदन लेखनमा बिर बहादुर मल्ल, कार्यक्रम व्यवस्थापनमा मेगराज खड्का, सदस्यता नबिकरण तथा प्रतिनीधि छनोटमा हरि गौतम र आर्थिकको जिम्मा देब कुमार ओलीलाई दिईएको छ । भेलामा नेकपा माओबादी केन्द्र रुकुम सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लक्ष्मी पुन र धुब्रबिक्रम बुढाथोकीको पनि आतिथ्यता रहेको थियो ।
1 comments:
वा वा !! सम्मेलन सफलताको शुभकामना है बगालौं
Post a Comment