आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, July 20, 2016

५० हजारको नाचो नाच्ने सोहोम


मेगराज खड्का
रुकुम
रुकुम सदरमुकाम खलंगामा साताब्यापी रुपमा चलेको प्रतियोगितामा मुसिकोट नगरपालिका १ का सोहोम सोनी आईडल भएका छन । आईडलमा छनोट भए पछि उनले ५० हजार रुपैयाँ समेत हात पारेका छन । ४० जना नृत्यमा सहभागी भएकोमा उनी सबैलाई उछिन्दै पहिलो भएका हुन ।
 त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने अन्य १० जनालाई पनि छनोट गरि नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । बिजयीहरुलाई रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्य र स्थानीय विकास अधिकारी भरतकुमार शर्मा लगायतका अतिथिहरुले नगद तथा प्रमाणपत्र प्रदान गरे । स्थानीय स्तरमा लुकेर रहेका कला प्रतिभाहरुको उजागर तथा संरक्षण र विकास गर्ने उदेश्यका साथ नृत्य आईडलको आयोजना गरिएको आयोजक सिस्ने सांस्कृतिक मञ्चका अध्यक्ष प्रकाश रन्काले जानकारी दिए । उनका अनुसार मञ्चले प्रत्येक बर्ष जिल्लामा नृत्य आईडलको आयोजना गरेर रुकुमका कला प्रतिभाहरुलाई बाहिर ल्याउने काम गरिरहेको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |