मेगराज खड्का
रुकुमको रुकुमकोटमा आयोजना गरिएको धार्मिक महोत्सवको माओबादी नेता तथा आपुर्तिमन्त्री गणेशमान पुनले उद्घाटन गरेका छन । हिजो एक औपचारिक कार्यक्रमका बिच उनी प्रमुख अतिथि बनेर उद्घाटन गरेका हुन भने धार्मिक बिधीअनुसार भएका अन्य कार्यक्रमहरुमा पनि उनी सहभागी थिए । महोत्सव उद्घाटनका लागि काठमाण्डौ बाट यहाँ आएका उनले रुकुमकोट स्थित रुक्मीणी उमाबिमा कृषि बिषय र रंगशालाको समेत उद्घाटन गरे । उनी त्यस क्षेत्रको प्रत्यक्ष निर्बाचित सभासद पनि हुन । यो त अझ धार्मिक महोत्सव उद्घाटन मात्र न हो । जनयुद्धक्रममा माओबादी नेता कार्यकर्ताहरुले धार्मिक तथा अन्य आध्यात्मिक क्षेत्रको भण्डाफोर गर्ने गरेको भएपनि हिजोआज उनीहरुमा नै धार्मिक मोह बढ्ने देखि संरक्षक सम्म नै बन्दै आएकाे पाईन्छ । द्धन्द्धक्रममा मन्दिर भत्काउने माओबादीहरु आजभोली कहि कहि त मन्दिर ब्यवस्थापन समितिका सदस्य देखि पुजारीसम्म बनेको पाईन्छ ।
रुकुमको रुकुमकोटमा आयोजना गरिएको धार्मिक महोत्सव उद्घाटका सन्दर्भमा हिजो केहि सामाजिक सञ्जालहरुमा पनि प्रतिक्रिया आएका थिए । पत्रकार गणेश शिर्पालीले आपुर्ती मन्त्रीलाई ब्यङगे गर्दै यस्तो लेखेका छन ।
त्यस्तै अर्का बालाराम देवकोटाले पनि यसरी आफ्नो प्रतिक्रिया दिएका छन ।
हेर्नुहोस यस्तो थियो महोत्सव आयोजकको पत्र ।
महोत्सव कस्तो हो, थप बुझ्न यो हेर्नुहोस
धार्मिक महोत्स सम्बन्धी केहि तस्बिरहरु हेर्नुहोस ।
यी तस्बीरहरु पत्रकार तारक केसीको फेसबुकबाट लिईएको हो ।
0 comments:
Post a Comment