आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, June 19, 2016

वस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाईते

ईन्द्र बहादुर बुढाथोकी
सल्यान 
सल्यानमा आईतबार विहान वस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन ।  मृत्यु हुनेमा सल्यान धारापानी ७ का गाडी मालिक ३७ वर्षिय राम वहादुर खडका रहेका छन । घाईते खडकाको उपचारको क्रममा नेपालगंज स्थित शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।  कार्यालयका अनुसार अन्य घाईते हुनेमा गाडी चालक सुर्खेतका २५ वर्षिय मिलन रावत र जाजरकोट टालेगाउँका २२ वर्षिय गाडी सहचालक उमेशजंग शाह रहेका छन ।
 उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ । धारपानी वाट सल्यान सल्लीवजार तर्फ जाने क्रममा ना.४ ख ५९४४ नम्वरको गाडी देवस्थल गाविस ७ समाईलामा व्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  वस सडक वाट करिव २ सय मिटर तल भेरी नदिमा खसेको छ ।  वस दुर्घटना भए लगत्तै माछा मार्न गएका माझीले ईलाका प्रहरी कार्यालय सल्ली वजार लाई खवर गरेका थिए । घाईतेको टाउको हात र खुट्टमा गहिरो चोट लागेको छ । वस भेरी नदिको विचमा डुवेको छ । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |