आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, June 1, 2016

महोत्सब व्यवस्थापनमा हेलचेक्र्याई

अघिल्लो आईतबार रुकुमको रन्मामैकोटको हान्पालेखमा नेपालमै पहिलो पटक पुपाल यार्सा महोत्सब आयोजना गरियो । यार्सागुम्बाको बजारीकरण सगै यसको बिश्व समुदायसम्म प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । रुकुम जिल्लामा  बिभिन्न समयमा बिभिन्न महोत्सबहरु आयोजना भैरहेका छन । जिल्लामा आयोजना गरिने सांस्कृतिक, पर्यटन देखि धार्मिक महोत्सवहरु केहि न केहि कुरामा चर्चामा आउने गरेका छन । केहि आर्थिक भष्ट्राचार, केहि घाटामा र केहि यस्तैयस्तै अन्य प्रकृतिका राम्रा नराम्रा कार्यहरुले चर्चामा आउने गरेका हुन । मैकोटको हान्पाडाँडामा आयोजना गरिएको यार्सा महोत्सब भने एउटा फरक कार्यले चर्चामा आयो कार्यक्रम ब्यवस्थापन फितलो र सहभागी निकै थारै भएको प्रसंगले । प्रायः जिल्लाकै प्रतिनिधित्व गर्दै आयोजना हुने महोत्सबहरुमा सहभागि कति होला ? सबैको अनुमान ५० हजार, यदि त्यहि भएन भने पनि २५ देखि ३० हजार सम्म । यार्सा महोत्सव आयोजक समितिले पनि कम्तिको १५ हजार महोत्सबमा सहभागी गराउने र यार्साको व्यापक रुपमा प्रचार गर्ने योजना सार्बजनिक गरेको थियो । तर उक्त महोत्सबमा एक हजार जनाको समेत सहभागिता हुन सकेन । मञ्चमा बस्ने अतिथिहरुको लागि पनि आफ्ठेरो महशुस गर्ने खालको सहभागी संख्या थियो । महोत्सब उद्घाटनका लागि सभामुख देखि २ जना बहालवाला मन्त्री र एक पुर्ब मन्त्री गरि ४ जना अतिथिहरु हेलिकप्टर मार्फत हान्पाडाँडामा पुगेको भएपनि सहभागि भने निकै कम संख्या भिए । त्यति मात्र होईन आयोजक समिति समेत महोत्सवमा सहभागी हुनेहरु भन्दा पनि पछि मात्र त्यहाँ पुगेका थिए । महोत्सवमा गएका अतिथिहरुले आयोजकलाई स्वागत गर्नुपर्ने अवस्था सृजना भएको थियो । आयोजकको महोत्सव व्यवस्थापन, सहभागी कम देखि लिएर प्रचारप्रसारलाई पनि खासै ध्यान दिइएको थिएन महोत्सव अघि । देश तथा बिदेशका केहि सहभागीहरु महोत्सव स्थलमा पुगेको भएपनि मैकोटका अधिकांस स्थानीयबासीहरु नै महोत्सव स्थलमा गएका थिएनन् । समिति भित्रै पनि किचलो भएको जस्तो आभास भैरहेको थियो भने गाउँकै जनताहरुको साथ देखिदैन्थ्यो । जसले गर्दा समग्र महोत्सव नै खल्लो भैरहेको थियो । त्यसकारण आगामी दिनहरुमा आयोजना हुने महोत्सवहरुमा यस्ता कमजोरीहरुको समिक्षा गरेर  मात्र आयोजना गर्न आबश्यक छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |