भावना ओली
रुकुम
पेशागत महासंघ नेपाल रुकुम र नेपाल निजामति कर्मचारी संगठन रुकुमले जिल्ला अस्पतालका विरामीहरलाई फलफुल वितरण गरेका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल रुकुमका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
उक्त फलफुल वितरण कार्यक्रममा जिल्ला अस्पतालका डा. मान बहादुर केसी, पेशागत महासंघ रुकुमका अध्यक्ष दीपक विष्ट, नेपाल निजामति कर्मचारी संगठन रुकुमका अध्यक्ष तारा प्रकाश पुन, केन्द्रिय प्रतिनिधि तिलक गौतम, प्रगतीशिल प्रध्यापक संघका केन्द्रिय सदस्य ढुन्डीराज शर्मा लगायतको उपस्थिति रहेको थियो । सृजनशील काम गरेको भन्दै जिल्ला अस्पताल रुकुमका डा. केसीले दुवै संगठनलाई धन्यवाद दिएका थिए ।
0 comments:
Post a Comment