आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, May 29, 2016

उनकै केन्द्रिय सदस्यले भने, ‘बैद्यले क्रान्ति गर्न सक्दैनन्’

मेगराज खड्का
रुकुम १६, जेठ
बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य तथा रुकुम ईन्चार्ज हस्तबहादुर केसीले मोहन बैद्य एक्लैलैले नयाँ नयाँ क्रान्ति गर्न नसक्ने बताएका छन । नेपालमा नयाँ क्रान्ति गर्नका लागि क्रान्तिकारीहरु एक हुनुपर्ने उनको भनाई थियो । बैद्य माओबादी भित्रको टुटफुटक कारण जनताको जग भत्कीएको बताउदै आफ्नो पार्टीले कुनै नयाँ क्रान्ति गर्ने भन्दा पनि क्रान्तिको झण्डा र बिगतमा भएका उपलब्धीहरु मात्र बचाउने उनको भनाई रहेको थियो । 
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादी रुकुमले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै यस्तो कुरा बताएका हुन । ‘नेपालमा नयाँ क्रान्तिका लागि बैद्य एक्लैले पनि केहि गर्नेवाला छैनन्, त्यसका लागि सबै क्रान्तिकारी माओबादीहरु एक ठाउँमा आउनुपर्छ’ उनले भने, ‘एकता पदको लागी नभई सिदान्तनिष्ट हुनुप¥यो ।’  एमाओबादीबाट छुट्टीएका क्रान्तिकारी पक्षधरहरु पनि पद र नबसंशोधनबाद पुच्छरमा पतन हुन गई समस्या भैरहेको उनको भनाई छ । ‘न एक्लै बिप्लवले गर्नसक्छन न अरु कुनै दलले नै, त्यसका लागि त शिदान्त निष्ट एकता हुनैपर्छ’ उनले भने ।
उनका अनुसार बिप्लवको एकिकृत क्रान्तिको सिदान्त कुनै सिदान्त नै नभएको र हेमन्त प्रकास ओलीको कम्युनिष्ट न्यूकिलियस झन प्रतिक्रिया दिन लाईक पार्टी नै नभएको बताए ।  तपाईको पार्टी एकता गर्नुपरे कुन पार्टी संग नजिक हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा केन्द्रिय सदस्य केसीले आफ्नो पार्टी नेकपा माओबादी केन्द्र संग नै नजिक रहेको प्रतिक्रिया दिए । ‘हामी बिप्लव वा अन्य कुनै पार्टी संग नभई नेकपा माओबादी केन्द्र संग नै नजिक छौं’ उनले भने, ‘त्यसका लागि अध्यक्ष प्रचण्ड सच्चीनु पर्छ ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |