आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, May 5, 2016

वालिकाको मृत्यु घटना वुझ्न छानविन समिति गठन

गोपाल रेग्मी
चौरजहारी
गत वैशाख १३ गते रुकुमको चौरजहारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १ बर्षे बालिका अर्पना शर्माको मृत्यु घटना वुझ्न छानविन समिति गठन गरिएको छ । जाजरकोट भेरीमालिका नगरपालिका ११ कि वालिका शर्माको घटना वुझ्न छानविन समिति गठन गरिएको हो । 

 चौरजहारी अस्पताल र पीडित पक्ष विच विभिन्न चरणमा भएका वार्ता विफल भएपछि दुवैको सहमतिमा छानविन समिति गठन गरिएको हो ।  जिल्ल प्रशासन कार्यालय रुकुममा जिल्ला अस्पताल सल्लेका डाक्टर छितिज सापकोटाको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा जिल्ला प्रशासनको तर्फ वाट सहायक प्रमुख जिल्ला अधिकारी मिलन कुमार न्यौपाने र वालिकाको पक्ष वाट मुक्ती आचार्य रहेका छन । १० दिन भित्रै प्रतिवेदन तयार पारेर सार्वजानिक गर्ने कार्यतालिका अनुसार समितिले शुक्रबार देखि छानविनको काम अगाडी वढाउने सहमति भएको बताईएको छ । यस अघि वालिकाका आफन्तले अस्पतालले क्षतिपुर्ति दिनुपर्ने र माफी माग्नुपर्ने लगाएतका माग राखेका थिए । अस्पतालले भने आमाको दुध सर्केर वेहोस भएकी वालिका लाई  सम्पुर्ण स्रोत साधन प्रयोग गर्दागर्दै पनि उपचारको क्रममा ज्यान गएको वताउदै आएको छ  । 

लापर्वाही गरेको आरोप लगाउदै आएका वालिकाका आफन्तलाई अस्पतालले चित्त नवुझे छानविन र शव ल्यापटेष्ट गर्न  सल्लाह दिएको थियो ।  दुई पक्ष विच कुरा नमिलेका कारण उक्त बालिकाको शव ११ दिन यता अस्पतालमै रहेको छ । छानविन समिति शुक्रबार देखि चौरजहारी अस्पताल पुगेर शव पोष्ट मार्टम गरिने प्रहरीले जानकारी दिएको छ ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |