खडक डाँगी रुकुमको राजनीतिमा परिचित नाम हो । खोलागाउँ ९, रुकुम घर भएका डाँगी २०५० सालमा हिमालय उमाबि खोलागाउँबाटै नेबिसंघको साधारण सदस्य लिएर बिद्यार्थी राजनीति शुरु हुन । उक्त बिद्यालयकै ईकाई अध्यक्ष, नेबिसंघ जिल्ला कार्यसमितिको सदस्य, सहसचिब र कोषाध्यक्ष हुदै दुई कार्यकाल अध्यक्ष बनेका डाँगी रुकुम जिल्लाबाटै पहिलो पटक नेबिसंघको केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए । २०६२ देखि ७२ सम्म नेपाली कांग्रेस रुकुमको जिल्ला कार्यसमिति सदस्य भएका डाँगी अन्य बिभिन्न सामाजिक संस्थाहरुमा पनि क्रियासिल छन । हालै भएको नेपाली काग्रेस रुकुम जिल्ला अधिबेशनबाट महाधिबेन प्रतिनीधीमा निर्बाचित डाँगी पछिल्लो समय पार्टी भित्र भएका बिभिन्न गतिबिधीहरु पर्दाफास गरेर चर्चामा छन । तर उनी जिल्ला समितिको सक्रिय राजनीतिमा नभएका कारण उनको आवाज प्रभाबकारी ढंगबाट सुनुवाई भएको भने देखिदैन । उनै डाँगी संग उनले पछिल्लो समय पर्दाफास गरिरहेको पाटीभित्रको गतिबिधी, गुटबन्दी राजनीतिको असर र उनको आगामी अभियानबारे आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
नेपाली कांग्रेस रुकुमको केहिअघि भएको जिल्ला अधिबेशनमा तपाईले स्वतन्त्र प्यानलबाट चुनाब लड्नुभयो । गुटको राजनीति किन छोड्नुभयो त्यो बेला र अहिले कुन गुटको राजनीति गर्दैहुनुहुन्छ ?
मेगराजी गुट वा टिम भनेको मन र स्वार्थ मिल्नेहरुको समुह हो । गएको जिल्ला अधिबेशनमा बिषेशगरी दुईवटा समुह थिए । एउटाको नेतृत्व बर्तमान सभापति प्रेमप्रकास ओलीले गर्नुभएको थियो भने अर्कोको नेतृत्व नेता कृष्णबहादुर रोकायले गर्नुभएको थियो । दुबै समुहसंग मेरो मन र स्वार्थ नमिलेर उक्लै निर्बाचन लडे । गाउँबाट आएका प्रतिनिधि ज्यूहरुले मेरो पार्टी प्रतिको त्यागको मुल्याङकन गर्नुभयो र मैले निर्बाचन जिते । वास्तबमा गुट वा टिम बिचारको आधारमा हुनुपर्दछ । मुद्धाको सवालमा हुनुपर्दछ । तर हाम्रो पार्टीमा चाँहि पदका लागि मात्र समुहहरु निर्माण हुन्छन, गुट र टिम तयार हुन्छन, म त्यस्तो टिम मन परेन र कुनै टिमको छाता भित्र पर्न सकिन । टिम र गुट जे भएपनि अन्तरिक निर्बाचन सम्म हुनुपर्छ । पार्टीभित्र लोकतान्त्रिक बिधिमार्फत स्वाच्छ र मित्रवत प्रतिष्प्रधा गर्नुपर्छ भन्ने मान्यता राख्दछु । यहाँ आन्तरिक प्रतिष्प्रधालाई युगोको रुपमा दिले चलन भयो । बिजेताले उपबिजेताको मतको सम्मान गर्न नसक्दा त्यस्तो भएको मलाई अनुभुति भएको छ । जहाँसम्म अहिले कुन गुटको राजनीति गनुृहुन्छ भन्ने सन्दर्भमा कुनै गुटको होईन नेपाली कांगे्रसले समयको स्वरलाई चिन्न सक्नुपर्दछ । युगको आवाजलाई बुझ्न सक्नुपर्दछ । परम्परागत ढंगले बिधान सिरानीमा राखेर पाटीए चल्दैन । जनता र कार्यकर्ताको भावना बुभ्नु पर्दछ । गुटको नाममा पार्टीभित्र फैलिएको अपसंकृति, किनबेच, मोलमोलाई गर्ने प्रबृतिका बिरुद्ध एक्काईसौ सताब्दी सुहाउदो नेपाली कांग्रेस र पार्टीका सक्षम कार्यकर्ता निर्माण गर्नुपर्दछ भन्ने मान्यता राख्ने बाल, बृद्ध र युवाको संगम नेपाली कांग्रेसलाई बनाउन सक्ने जोस र होसका सेतु भएका साथीहरुको समुह निर्माण गरि नेपाली काग्रेसलाई युग सुहाउँदो पार्टी बनाउने अभियान चलाउने पक्षमा सोचिरहेको छु ।
कांग्रेस रुकुमको जिल्ला समितिमा तपाईलाई सचिब पदमा मनोनयन गर्ने चर्चा पनि थियो बजारमा तर अन्त्यमा त परिणाम अर्कै भयो नी ?
सबै साथीहरु समुह निर्माण गरेर निर्बाचनमा जानु भो । म समुह बिनानै सबै साथीहरुले मेरो दुखपिडा बुझ्नुभयो । र भारी भोटका साथ बिजयी बनाउनु भयो । उहाँहरुको भावनाको म उच्च सम्मान गर्दछु । र उहाँहरुले दिएको जिम्मेवारी पुरा गर्नेछु । खै मलाई थाहा भएन, मेरो पार्टी प्रतिको लागावका कारण त्यस्तो चर्चा बजारमा चल्यो होला, चर्चा गरेर झन मेरो मुल्याङकन गर्ने सबै रुकुमेली दाजुभाई र सुभचिन्तकहरु प्रतिको सेवाभावलाई कुनै पदम रहेपनि नरहेपनि कहिलै रुखो हुनदिने छैन । मेरो बिबेकले भ्याएसम्म काम गरेर देखाउने छु । अर्को पदाधिकारी मनोनयन गर्ने कुरा सभापतिले निर्बाचन लड्दा गरेका बाचा र प्रतिबद्धता पुरा गर्न कस्लाई ल्याउदा आफुलाई सजिलो हुन्छ त्यहि अनुसार मनोनयन गर्नुभयो होला । म भन्दा उहाँहरुलाई ल्याउदा आफुहरुलाई काम गर्न सजिलो हुने र पार्टी राम्रो हुने बिश्वासका साथ मनोनयन गर्नुभयो होला र हाम्रो पार्टीमा काबिल र सक्षम साथीहरुको ताँती छ । पुर्ब गाविस अध्यक्ष र पुर्ब कोषाध्यक्ष गञ्जसिङ बुढालाई उपसभापति, र भन्दा पहिलो कार्यकालको नेबिसंघ अध्यक्ष मेरा हितैसी मित्र जनक चन्दलाई सचिबमा मनोनित गर्नुभएको छ । उहाँहरु लगायत सबैलाई बधाई दिन्छु । र कार्यकाल सफलताको शुभकामना दिन्छु । यो परिणामलाई मैले स्वभाबिक रुपमा दिएको छु ।
द्धन्द्धकाल देखि शान्ती प्रकृयाको यो लामो अवधी कांग्रेसको राजनीतिमा नै बित्यो तपाईको । तर अहिलेको नेपाली कांग्रेस रुकुमको समितिले तपाईलाई पत्याएको देखिएन नी ? जिल्लाको सक्रिय राजनीतिमा त भुमिका बिहिन जस्तै हुनुभयो नी ?
मैले पार्टीमा लागेदेखि पार्टीहितमा मैले कति गर्न सके कति गर्न सकिन, त्यसको हिसाब किताब र मुल्याङकन गर्ने जिम्मा आम कार्यकर्ताको हो । उहाँहरुले मुल्याङकन गर्नुभएको छ । म जमिनको बिश्वास गर्नु र कार्यकर्ताको मनभित्र छु र नजरमा परेको छु । यो अधिबेशनको परिणामले पनि देखाएको छ । खाली नेताको नजरमा नपरेको हुँला । नेताको नजरमा पर्नुपर्छ भन्ने पनि छैन । क्षमता र लोकप्रियताको जहाँ सम्म जा भन्छ त्यहाँ सम्म मात्र जान्छु । पद र पोष्ट अनुनयी गरेर पाईदैन । आबश्यकता परेको खण्डमा पद र कुर्सि मलाई खोज्दै आफै आउने छ । म नेबिसंघको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, महाँधिबेशन प्रतिनीधि, जे प्राप्त गरे कार्यकर्ताको चाहाना, र निर्बाचनको माध्यमबाट गरेको हुँ । बिषेशगरी नेपाली काग्रेस रुकुममा पद प्राप्त गर्नलाई नेताको चाँकडि गर्ने र टिका प्रथाको अन्त्य भएको छ । जो आएपनि नेतृत्व निर्बाचनबाट भन्ने हामी युवाको अभियानबाट हाम्रो मुद्धा स्थापित भएको छ । अब नेताको नाम जपेर रगत बेचेर जात र लिंग भजाएर खाने दिनको समाप्ती भएको छ । कर्मको फल प्राप्ती हुन्छ जसले कार्यकर्ताको मन जित्छ उसले जिम्मेवारी बहन गर्ने अवसर पाउछ । मेरो भुमिकाको सन्दर्भमा कुरो छ, कार्यकर्ताले जुन जिम्मेवारी दिनुभएको छ । त्यही स्थानबाट पार्टी, कार्यकर्ता र जनताकोे सेवामा अबिराम र अबिछिन्न रुपमा झनै सक्रियतापुर्बक काम गर्नेछु ।
अब नेपाली कांग्रेस रुकुमको सक्रिय राजनीतिमा कसरी जोडिनुहुन्छ ? संभावना त देखिैदन नी, कि कुनै नयाँ बिकल्प खोज्दै हुनुहुन्छ ?
मेगराज जी, मेरा जीवनका ३७ बसन्त मध्य मैले उर्जाशिल युवा अवस्थाको झण्डै २१ बर्ष नेपाली कांग्रेसका निम्ती सर्मपित गरेको छु । विकास निर्माणमा सामुहिक, बिचारमा दृढता, पार्टीभित्र सम्पुर्ण एकता मेरो एकमात्र मान्यता र प्रतिबद्धता हो । राजनीतिमा जोडिनलाई कुनै ठाँउ खोजी रहुनु पर्ने जरुरी छैन । प्रशस्त संभावना म संग छन । २१ बर्ष लामो संगठन यात्राको अनुभव छ । साहसी र अग्रजको आर्शिबाद छ । आम रुकुमेली कार्यकर्ता र सुभचिन्तकको प्रेरणा छ । त्यहाँ पुँजीको जगमा उभीएर नेपाली कांग्रेस रुकुमलाई जीवन्त काग्रेस बनाई समाजमा देखिएका यावत समस्या जनताका साझा दुस्मनका रुपमा रहेका बेराजगारी, भोकमरी, कुपोषणका बिरुद्ध हातेमालो गर्दै अगाडि बढ्न सक्ने सक्षम जनशक्ति निर्माण गर्न नेपाली काग्रेसको छाताभित्रबाट उभार सृजना गर्नेछु । कुनै बिकल्प भन्ने कुराको कल्पना गर्न सकिदैन । तपाईले कस्तो बिकल्प भन्न खोज्नुभएको हो मैले बुझिन । तर यो शिर काटिन सक्ला झुक्दैन, आस्था प्रति कुनै कम्परमाईज हुदैन । कुनै लोभलालच मलाई आबश्यक पनि छैन । नेपाली काग्रेसका कार्यकर्ताले दिएको महाधिबेशन प्रतिनिधीको आसन नै मेरा लागी बिशाल सिहांसन हो । मेहि प्यारो छ, केहि कर्णप्रिय छ मेरो लागि ।
नेपाली कांग्रेस रुकुममा चरम गुटबन्दी छ भन्ने तपाईले बताएका कुराहरुले पनि प्रष्ट पार्दछन । त्यो गुटबन्दी भित्रका प्रसंगहरु केहि प्रष्ट पारिदिनुहुन्छ की ?
पार्टीभित्र गुटबन्दी नेपाली कांग्रेस रुकुममा मात्र नभई सिंगो देशभरीको कांग्रेस र अन्य राजनैतिक दलभित्रको ठुलो डरलाग्दो समस्याको रुपमा देखिएको ऐजेरु हो । यसले न ब्यक्ति न पार्टी न देश कसैलाई हित गर्दैन । फरक यति मात्र हो नेपाली कांग्रेसमा जति समस्या छन त्यसको हल्ला १० गुणा बाहिर आउँछ । अरु पार्टीमा त्यसको एकदुई प्रतिशत मात्र हल्ला हुन्छ । उनीहरुको गुटबन्दी एकैचोटी बिभाजनमा परिणात हुन्छ तर काग्रेसमा हल्लामा मात्र धेरै हुन्छ । यद्यपी समस्या चाँहि छन नभएको होईन । जहाँसम्म रुकुमको कुरा छ । बिगत केहि समयदेखि समस्याहरु देखिएका छन । एउटा नेपाली उखान छ, चुला फुरका उरफुर, उरफुरका चुलाफुर भनेझै २०७० को संबिधान सभा चुनाबमा कांग्रेस कुट्नेहरु पार्टीको निर्णायक तहमा भुटिनु, काग्रेसका नाममा कुटाई खानेहरु पाखा लाग्नु यो राम्रो संकेत होईन । पार्टीभित्र कसैलाई पाखा काख नगरी पक्षपात रहित ढंगले सबैलाई समनान ब्यबहार गर्नुपर्छ । कार्यकर्ताको त्याग, लगानी, क्षमता र निरन्तरताको मुल्याङकन गरि जिम्मेबारी बाँडफाँड गर्नुपर्दछ । मलाई बिश्वास छ । सभापति ज्यूले अब सबैलाई समेटेर अगाडि बढ्नुहुने छ । कसैप्रति कुनै बैरभाव राख्नुहुने छैन । भर्खरै कार्यसमितिले पुर्णता पाएको छ । अबको नेतृत्वको ध्यान सबैलाई समेटी भौगालिक अवस्था, कार्यकर्ताको चेतनास्तर, भुगोल र कार्यकर्ता बर्गिकरण गरि संगठन निर्माणतिर केन्द्रित हुने छ । भेदभाब रहित नेपाली काग्रेस भन्ने मान्यताको शुरुवात रुकुमबाटै होस शुभकामना दिन्छु ।
अन्त्यमा, तपाई र नेपाली कांग्रेस रुकुममा निर्बमान सभापति मानबहादुर नेपाली बिचमा पार्टीभित्रको समस्या र व्यक्तिगत जीवन समस्यामा आरोपप्रत्योप बाहिर आए । तपाईपनि सक्रिय रुपमा यो पर्दाफास गर्ने कार्यमा लाग्नुभयो । खासमा तपाईमाथी लगाईएका बिभिन्न आरोप र पार्टी भित्रको समस्या कस्तो हो ?
हो मेगराज जी, नेपाली कांग्रेसलाई एउटा युग सुहाउँदो पार्टीको रुपमा रुकुम जिल्लामा स्थापित गराउनको लागि सबैभन्दा पहिला पार्टीभित्रका सम्पुर्ण बिकृति, बिसंगति एकमात्र निकास संस्थाको परिपाटीको बिकास भन्ने मेरो अधिबेशनको नारा नै हो । मैले कुनै ब्यक्ति बिषेशको भन्दा प्रबृतिको पर्दाफास अभियानमा लागेको हुँ । पार्टी भित्र नेतृत्व संग अनुरोध गर्दा समस्या समाधान नभएर सामाजिक सञ्जालको प्रयोग गरेको हुँ । मैले उठाएका सवालहरु आम कार्यकर्ता र जनतासंग लैजान चाहान्छु । तपाईको यसै पत्रिकामा केहि पहिला आएको समाचार मैले पढे । कम्प्युटर चोरी देखि जाँड खान पैसा मागेको चर्चा शिर्षकको समाचार प्रकाशित भएको छ । त्यो समाचार प्रति मेरो ध्यान आर्कषण भएको छ । नेपाली कांगे्रस केन्द्रिय कार्यालयबाट २०७१ फागुन १५ गते तत्कालित सभापतिको हैसियतले नेपाली कांग्रेस जिल्ला कार्यालय व्यवस्थित गने भनी बुझेको एक सेट कम्प्युटर अहिले सम्म पार्टी कार्यालयमा आएको छैन । आज सुन्दै छु, कम्प्युटर बिग्रीएको अवस्थामा बुझाउन लागिएको छ रे । बर्तमान सभापति बुझबुझारतको (कम्प्युटर बिग्र्रीको भनेर लेख्ने भन्ने हुन्छ रे) बुझाउने निर्बमान सभापति नखेख्ने भन्नु हुन्छ रे । पुरानो समितिले नयाँ समितिलाई बुझाउने सरसमान पार्टी कार्यालयको हो । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई बुझाउने कम्प्युटर कहाँ कुन अवस्थामा राखिएको थियो । यदि त्यो कम्प्युटर आफ्नो घरमा राखिएको थियो भने आफ्नो घरको जायजेथा पार्टीलाई बुझाउन लाग्नु भयो की ? पार्टी कार्यालयमा त्यो कम्प्युटर थिएन । त्यो सबै समान जे जस्तो अवस्थाको छ, त्यो प्रष्ट उल्लेख हुनुपर्दछ । जिल्लामा उठेको क्रियासिल सदस्यको पैसाको हिसाबकिताब प्रष्ट हुनुपदर्छ । गाउँका कार्यकर्ताले प्रतिब्यक्ति नबिकरणको १००, र नयाँ सदस्याको २०० का दरले पैसा बुझाएका छन । केहि गाबिसबाट बाहेक सबै गाविसले पैसा बुझाएका छन । केन्द्रमा उद्योगी व्यापारीबाट पैसा उठाएर सदस्यता शुल्क बुझाईएको छ । अधिबत्ता दिपक रेग्मीले तत्कालिन सभापतिलाई क्रियासिल सदस्यता बुझाउनका लागि दिएको २० हजार सहयोग गुपचुप राखिएको छ । त्यो पैसा कहाँ छ । पार्टीको नाममा चन्दा उठाउने त्यो आफ्नो गोजीमा राख्ने त्यो शैय हुदैन । मलाई पनि आरोप लागाईएको छ पैसा लिएको कुरा । आयोगमा गएर पैशा लिएको कुरा त के २०७१ मंसिर देखि पछाडि आयोगमा गएको प्रमाणित गरेर देखाए मात्र हुन्छ । तत्कालिन सभापति मान बहादुर नेपाली दलित आयोगको अध्यक्ष भएपछि पहिलो चोटि रुकुम आउँदा घरमा भोज गर्न दिएको ४ हजार, उनलाई स्वागत गर्न गएको मोटरसाईकलले सोलाबाङमा कुखुरा मारि दिएको कारण जरीवाना तिरेको २ हजार, २०६७ सालमा सालीहरुको मार्कसिट निकाल्न अपुग खर्च हालेको ४ हजार रुपैयाँ गरी जम्मा मलाई १० हजार मलाई तिर्नुपर्ने रुपैयाँ बिरवल केसी मार्फत मलाई तिरेका हुन । प्रमाणित गरेर देखाए अन्य आरोपका सन्दर्भमा म कारबाही भोग्न तयार छु ।
नेपाली कांग्रेस रुकुमलाई मेरो बिनम्र अनुरोध छ । सामाजिक सञ्जालमा आएका कुराबारे निश्पक्ष छनबिन गरियोस, दोषी भएर मैले लगाएका आरोप प्रमाणित गर्न नसके सजाय भोग्न तयार छु । आम कार्यकर्ता र जनतामा ति बिषयहरुलाई बहसमा लैजान पनि तयार छु, लिन्छु पनि । कार्यकर्ताले गर्ने फैसला स्वीकार गर्न पनि तयार छु । हामी सबैको आर्थिक हैसियत के थियो अहिले कहाँ छौं कसरी पुग्यो वा गिर्यो सबैलाई अनुसन्धान गर्न पनि अनुरोध गर्दछु । नेपाली काग्रेसका नाममा आफ्ना ब्यक्तिगत महत्वकांक्षा पुरा गर्ने अधिकार खड्क डाँगीलाई पनि छैन र अरु कुनै कार्यकर्तालाई पनि । त्यसको हिसाबकिताब र फैसला कार्यकर्ताहरुले गर्नुपर्दछ ।
0 comments:
Post a Comment