आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, May 1, 2016

कृष्ण पहाडी रुकुम आँउदै

रुकुम १९, बैशाख ः रुकुम मुसिकोटमा भोली मानव अधिकार तथा शान्ति समाजले देशब्यापी रुपमा प्रारम्भ गरेको स्वाभिमान अभियान अन्तर्गतको जागरण सभा हुने भएको छ । सभालाई सम्वोधन गर्न मानव अधिकारवादी नेता कृष्ण पहाडी सहितको टोली रुकुम आँउदैछ । 
शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सदरमुकाम मुसिकोट खलंगा स्थित कालिका स्थानमा दिउँशो ३ बजे हुने मानव अधिकार तथा शान्ति समाजका तारक प्रतिभा केसीले जानकारी दिए । जागरण सभामा सहभागी भई अहिंशा, शान्ति, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र दण्डहिनता अन्त्यको पक्षमा ऐक्यबद्धता प्रकट गर्न आयोजकले जिल्ला स्थित राजनैतिक दल, शिक्षक, विद्यार्थी, पत्रकार, प्राध्यापक, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज लगायत सम्पुर्ण जिल्लावासीलाई आमन्त्रण गरेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |