आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, May 1, 2016

भोगाई नै जीवन हो

बुवा भहलभान बिष्ट र आमा अमर्ता बिष्टबाट वि.सं. २०५०÷भदौ ५ गते रुकुम जिल्ला गरायला गा.वि.स.वडा नं. ३ मूलपानीमा जन्मेका गितकार तथा संगितकार छविलाल विष्ट कलाकारिता क्षेत्रमा प्रवेश गरेको करिब एक वर्ष भन्दा बढि भएको छ । साहित्यकार तथा कलाकार भद्र नकाललाई गुरु ठान्ने विष्टले छोटो समयमा एक दर्जन भन्दा बढि गितहरुमा शब्द तथा संगित गरिसकेका छन । उनले शब्द लेखेका गितहरु (अझैँ रुन्छ देश), (ए जुन सुुन), (मुटु खाने भो) अनि संगित गरेका गितहरु (एकअर्कालाई साथ दिउँला) (भाग्यमानै हामी अलग), (यहाँ कसले चिने) जस्ता गितहरु हुन । परिवारको तथा साथीहरु साथ पाएको बताउने उनी रुकुमका एक सम्पत्ति हुन । उनै गितकार तथा संगितकार छविलाल विष्टसँग राम वि शाम (साधक) ले गरेको भएको कुराकानी । 

साङ्गीतिक जीवनले तपाईलाई कसरी जीईरहेको छ ?
बडो व्याङ्ग्यात्म प्रश्न गर्नुभयो सर । हरेक क्षेत्रमा आफूले जीउने हो तर उक्त क्षेत्रमा आफूले जीउँदै गर्दा त्यो क्षेत्रले पनि आफूलाई जीएको आवाश हुँदो रैछ । 
नेपाली बजारमा कति गितहरु उपलब्ध छन् ? जसमा तपाईको शब्द तथा संगित छ ।
शब्द र संगित गरेका गरेर लगभग एक दर्जन जति छन । 
कलाकारिता क्षेत्रमा प्रवेश गर्नु तपाईको लक्ष्य की टाईमपास ?
हरेक काम गर्नु अगाडि लक्ष्य तथा उद्देश्य नहुन पनि सक्छन् तर रहर त अवश्य नै हुन्छन् त्यसैले सांगेतिक सर्जक बन्नुपर्छ भन्ने मेरो धोको र रहर हो । 
के अब बाँकी जीवन कलाकारिता क्षेत्रमा नै वित्छ त ?
गितसंगितको क्षेत्र यतिबेला आर्थिक रुपमा मृतक छ त्यसो त सबै कलाकारहरु मारमा छन । यदि आर्थिक रुपले साथ दिँदै गयो भने मेरो कलाकारिता जीवन निरन्तर रहनेछ नत्र भन्न सकिन्न । 
तपाईलाई आमाले जन्माउनुभएको हो कि बुवाले ?
जन्माउन त आमाले नै जन्माउनु भएको हो तर यो संसार देखाउनुमा दुवैको भूमिका बराबर छ । 
तपाईको घरमा दुई दाजुभाई र दुई जना दिदीबहिनी हुनुहुँदो रैछ । पैत्रिक सम्पत्तिमा समान अधिकार भनिन्छ नी ! के छ त विचार ? पैत्रिक सम्पत्तिलाई दुई भाग लाउने की चार भाग ।
एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो सर । छोरा र छोरी बराबर भएपछि अधिकार पनि त बराबर त हुने नै भयो त्यसैले चार भाग लाउने हो । 
कुनै दिन तपाईलाई भूतले तर्साएको बेला अत्तालिएर भगवानलाई पुकार्नुभएको छ की छैन ?
यसको मतलब हजुरले मलाई भूत र भगवानप्रति कत्तिको विश्वास गर्नुहुन्छ भनेर भन्न खोज्नु भाको होला । अब भगवान छन भनौँ भने प्रत्यक्ष देखेको छैन, छैनन भनौँ भने गौतम बुद्धको जीवनी राम्रोसँग पढेको छु । अनि कुरा आयो अब भूतको । अब भगवान छन भनेत भूत पनि त होला तर मलाई आजसम्म भूतले तर्साएको छैन र भगवानलाई पुकार्नु पनि परेको छैन ।  
हजुरलाई त थाहा होला है । आजभोली बजारमा कति किसिमका रक्सी पाईन्छन होला  ?
अब फेरी अप्ठेरोमा पार्नुभयो । जन्मेदेखि मैले रक्सी नै खाको छैन । यो कुरा त खानेहरुलाई नै थाहा होला । 
तपाई अहिलेसम्म के को निम्ति बाँचिरहनु भएको छ ?
झनै खतरा प्रश्न भो । मेरा लक्ष्य र उद्देश्य प्राप्तिका लागि ।
मानौँ, तपाईलाई नेपालको अर्थमन्त्रिको जिम्मा दिईयो भने के गर्नुहुन्छ ? 
त्यस्तो मौका हामीलाई कहाँ मिल्ला र ? 
नेपालकी नायिका निता ढुंगानाले विहेको प्रस्ताव राखिन भने नी  ?
यस विषयमा अलि गहिरेर सोच्नुपर्छ । 
सबै मान्छेहरु खुशीको लागि भौतारीरहेका छन् । खासमा खुशी कहाँ पाईन्छ होला ?
खुशीको लागि कतै भौतारिनु पर्ने कुनै कुरा छैन, खुशी त आफैसँग पाईने चिज हो । 
रुकुम जिल्ला भित्रका नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु  ?
निर्मल के.सी., भद्र नकाल, राम वि शाम, गोपाल ओली (स्पन्धन) र तिलक परियार 
अन्त्यमा तपाईको बुझाईमा जीवन के हो  ?
हरेक मान्छे जन्मेदेखि नमर्दासम्म भोगाईको प्रत्यक्ष भूमिका रहेको हुन्छ । त्यसैले भोगाई नै जीवन हो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |